आइतबार कास्की जिल्लाका सबै क्षेत्रमा बिहान ७ देखि दिउसो १ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरण पोखरा शाखाले आज एक सुचना जारी गरेर यस्तो जानकारी दिएको हो।
बिद्युत आपूर्ति बन्द हुनुको कारण भने बिद्युत प्राधिकरणले “पोखरा ग्रिड सव स्टेसन मर्मत कार्य” लाई दिएको छ। बैशाख ५ गते आइतबारका दिन पोखरा ग्रिड सव स्टेसनमा हुने मर्मत कार्यका लागि कास्की जिल्लाको सम्पूर्ण क्षेत्रहरुमा विद्युत आपुर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। साथै मर्मत कार्य तोकिएको समय भन्दा अगाडी सम्पन्न भए विद्युत आपूर्ति नियमित रुपमा सुचारु हुने पोखरा वितरण केन्द्र मालेपाटनले जनाएको छ ।
