विराटनगरमा सडक पिच गर्न टाँगिएको डोरीमा अल्झिएर घाइते भएका निलम्बित प्रहरी निरीक्षकको मृत्यु

विराटनगरमा सडक पिच गर्न टाँगिएको डोरीमा अल्झिएर घाइते भएका निलम्बित प्रहरी निरीक्षकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३ बैशाख २०७८
  • 14.8K
    Shares

महावीर यादव, janasanchar

विराटनगरमा सडक पिच गर्न टाँगिएको डोरीमा अल्झिएर घाइते भएका निलम्बित प्रहरी निरीक्षकको मृत्यु भएको छ।

चार दिनअघि घाइते भएका निलम्बित प्रहरी निरीक्षक ५५ वर्षीय महावीर यादवको उपचारका क्रममा विराटनगरमा बिहीबार बिहान मृत्यु भएको हो। विराटनगर-१३ घर भएका  उनी सवार को१प ६७३८ नम्बरको मोटरसाइकल विराटनगर-१३ को नहरछेउस्थित निर्माणाधीन सडकमा टाँगिएको डोरीमा अल्झिएर मोटरसाइकलसहित लडेका थिए।

प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार दुर्घटनामा परेर ढाडको हड्डी भाञ्चिएर घाइते बनेका यादबको विराटनगर अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो।

सडकमा अत्यधिक धुलो उड्ने गरेका कारण उनले अगाडि डोरी टाँगिएको नदेख्दा दुर्घटना भएको हुनसक्ने बताइएको छ ।

सो सडक भूमि कन्सट्रक्सनले बनाइरहेको थियो। सवारी साधनको चाप अत्याधिक रहेका बेला वरपर संकेत नराखी कम्पनीले बिजुलीको पोलमा डोरी टाँगेर बाटो बन्द गरेको थियो।

यादव अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली सर्टिफिकेट प्रकरणमा छानविन थालेपछि निलम्बनमा परेका थिए। २०७४ सालमा अख्तियारले उनको शैक्षिक प्रमाण पत्र छानविन थालेपछि उनी निलम्बनमा परेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार