बागलुङको ढोरपाटनमा खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला

बागलुङको ढोरपाटनमा खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २ बैशाख २०७८
  • 4.8K
    Shares

बागलुङको ढोरपाटनमा खुट्टा बाँधेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको छ।

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा त्यस्तो शव फेला परेको हो ।

बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा  फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए।

शवको पहिचान भएको छैन। शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार