स्याङ्जाका घर्ती क्षेत्री काठमाडौंको गेस्ट हाउसमा मृत भेटिए, संगै बसेका दुई साथी पक्राउ

स्याङ्जाका घर्ती क्षेत्री काठमाडौंको गेस्ट हाउसमा मृत भेटिए, संगै बसेका दुई साथी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ चैत्र २०७७
  • 21.6K
    Shares

deadbody , शब , janasanchar

काठमाडौंको नयाँ बसपार्क नजिक मित्रनगरको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जा घर भएका नारायण बहादुर घर्ती क्षेत्री मृत भेटिएका छन्।  उनी मृत भेटिए पछि उनीसंगी कोठामा बसेका दुई जना उनका साथीलाई प्रहरीले पक्राउ गरेको छ।

मित्रनगरस्थित गोदावरी सन्तोषी गेस्ट हाउसको कोठा नम्बर २०४ मा शनिबार राति १० बजे घर्ती क्षेत्री मृत भेटिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए ।

मृतकको घुडामा चोट लागेको जस्तो देखिएको र अन्य ठाउँमा त्यस्तो केही नदेखिएको प्रहरीको भनाइ छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेतलाई पक्राउ गरेको छ । उनको हत्या भएको हो कि स्वाभाविक मृत्यु हो भन्ने बारेमा प्रहरीले आबश्यक अनुसन्धान भैरहेको जनाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार