चितवनमा भएको म्याजिक गाडी दुर्घटनाम कास्की जिल्लाको रुपा गाउपालिका घर भएका एक व्यक्ति सहित दुई जनाको मृत्यु भएको छ।
भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक गाडी आइतबार विहान ९ बजे दुर्घटनाग्रस्त हुँदा कास्की जिल्लाको रुपा गाउपालिका घर भएका एक व्यक्ति सहित दुई जनाको मृत्यु भएको हो ।
सो दुर्घटनामा परेर कास्कीको रुपा गाउँपालिका–१ बस्ने ४५ वर्षीय सूर्य खाती र भरतपुर–४ बस्ने ५० वर्षीय राजेन्द्र दमाईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा सात जना घाइते भएका छन्। उनीहरु मध्ये तीन जनाको अवस्था गम्भीर छ।
घाइतेहरु मध्ये लमजुङको दोर्जि गाउँपालिका–३ वस्ने ३१ वर्षीय विनोद गुरुङ र रसुवाको कालिका–२ बस्ने १९ वर्षीय प्रदिप घिमिरेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। त्यस्तै, म्याजिक चालक भरतपुर–१९ शारदानगर बस्ने ३५ वर्षका रमेश थापाको दुबै खुट्टा भाँचिएर चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
भरतपुर–६ बस्ने ४७ वर्षीया शारदा परियार, भरतपुर–२१ पार्वतिपुर बस्ने ४८ वर्षीया कुमारी बिक, भरतपुर–१९ शारदानगर बस्ने ३२ वर्षीया बबिता गुरुङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। भरतपुर–१९ रामपुर बस्ने २४ वर्षीय अनुप लामाको रामपुरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
सो म्याजिक गाडी अनियन्त्रित भई कल्भर्टबाट खाल्डोमा खसेर गुर्घतानाग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।