गैंडा गणना गर्न बर्दिया राष्ट्रिय निकुञ्जमा गएका एक कर्मचारीको बाघको आक्रमणबाट मृत्यु भएको छ । हात्तीमा चढेर गैंडा गणना गर्न गएका कर्मचारी गुडगाव बस्ने ३४ वर्षीय पुलीसराम थारूको बाघको आक्रमणमा परि मृत्यु भएको हो।
प्रहरीका अनुसार, लिसराम हात्तीबाट भुइँमा झरेको मौकामा आइतबार साँझ पौने ६ बजे ठाकुरबाबा नगरपालिका-९ गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्ज बाघले उनीमाथि आक्रमण गरेको थियो। उनलाई बाघले आक्रमण गरी १५० देखि २०० मिटर टाढा लगेको थियो।
प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार मान्छे मार्ने बाघलाई पनि नियन्त्रणमा लिइसकेको छ। बाघलाई पनि नियन्त्रणमा लिइसकेको छ। निकुञ्जको टोलीले डार्ट हानेर बेहोस बनाएर बाघ नियन्त्रणमा लिएको हो।