बालिका बलात्कार गरेको आरोपमा ८० वर्षीय वृद्ध बागलुङबाट पक्राउ

बालिका बलात्कार गरेको आरोपमा ८० वर्षीय वृद्ध बागलुङबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २२ चैत्र २०७७
  • 7.2K
    Shares

rape ,वलात्कार

बालिका बलात्कार गरेको आरोपमा बागलुङ प्रहरीले ८० वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

काठेखोला गाउँपालिका–१ की १५ वर्षीया बालिकालाई स्थानीय वृद्धले बलात्कार गरेको उजुरीपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरीका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

मल बोक्न हिँडेकी बालिकालाई बलात्कार गरेको देखेको भन्दै स्थानीयले प्रहरीमा उजुरी दिएका थिए । चैत १२ गतेको घटना भएपनि ढिला उजुरी आएपछि प्रहरीले बुधबार मात्रै उनलाई पक्राउ गरेको हो । वृद्धले आरोप अस्विकार गरे पनि स्थानीयले भिडियो खिचेको भेटिएको प्रहरीले जनाएको छ । पीडित बालिका स्वास्थ्य परीक्षणपछि घर फर्केकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार