बम बनाउदै गर्दा बिस्फोट भएर घाइते भएका बाग्लुङका एक व्यक्तिको पाल्पामा मृत्यु भएको छ।
बिस्फोटमा घाइते बनेका बाग्लुङको बडिगाड गाउँपालिका-२ बस्ने ३१ वर्षीय मित्र रानालाई उपचारका लागि पाल्पास्थित मिशन अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सोही बिस्फोटमा परेका सोही गाउँपालिका-२ मा डेरा गरी बस्ने गुल्मी मुसिकोट नगरपालिका-१ घर भएका २८ वर्षीय अरुणकुमार पुनको पाल्पा प्रभास अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बिहीबार दिउँसो माछा मार्ने बम बनाइरहेका रानाको सोही बम विस्फोट हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ।