४२ दिनको नवजात शिशुलाई कर्तव्य गरी मारेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
बाग्लुङ ढोरपाटन- ३ घोसाखानी घर भई कास्कीको अन्नपुर्ण गाँउपालिका २ नौडाँडा बस्ने २२ वर्षीया गिता कुँवर सुनारलाई आफ्नै ४२ दिनको नवजात शिशुलाई शुक्रबार बिहान ११:३० बजे कर्तव्य गरी मारेको अभियोगमा पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले जानकारी दिए ।
सुनारलाई कर्तव्य ज्यान मुद्दामा पाँच दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।