बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा फागु पुर्णिमाको दिन होलिखेल्ने क्रममा युवतीलाई जबरजस्ती रङ् लगाईदिदा दुई समुह बिच झडप हुदा दुई जनाको हत्या भएको घटनामा संलग्न आठ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङले आज पत्रकार सम्मेलन गरि घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका आठ जनालाई सार्वजनिक गरेको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बागलुङको बडिगाड गाउँपालिका वडा नं-१० दर्लिङ बस्ने बर्ष २८ को रेशम बुढा मगरलाई, सोही ठाउँ बस्ने बर्ष ३३ को झन बहादुर बुढा, तिर्थलाल बुढा, बर्ष ३१ को शुर्य बुढा, बर्ष ४६ को ढाल बहादुर बुढालाई बागलुङबाट पक्राउ गरेको हो । त्यस्तै बर्ष २३ को मिलन बुढा र बर्ष २४ को रेशम भनिने भेषराज बुढालाई गुल्मिको मदाने गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। बर्ष २३ को कुमार छन्त्याल एक जनालाई भने रुपन्देहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए।

घटनाको अनुसन्धानका लागि गण्डकी प्रदेशको सिआइबीको टोली सहित जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमख प्रहरी उपरिक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थलमै पुगेर अनुसन्धान गरेको थियो ।
आईतबार बागलुङ, गुल्मी र प्युठानको सिमाना बल्देधुरीमा युवतीलाई जबरजस्ती रङ् लगाईदिदा दुई समुह बिच झडप हुदा दुई जनाको हत्या भएको थियो । चेैत १५ गते होलिखेल्ने क्रममा दुई समुहको झडपमा परि निसीखोला गाउँपालिका–७ राजकुतका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको हत्या भएको थियो ।
घटनाका आरोपिहरुलाई जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखि थप अनुसन्धान भइरहेको बागलुङ प्रहरीले जनाएको छ ।