महोत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन्।
जिल्लाको औरही नगरपालिका ४ स्थित सेरामा गोली चल्दा बर्दिवास नगरपालिका -१ का रोशन कोईराला घाईते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।
आचार्यका अनुसार उनलाई बुधबार बेलुका ७.३० बजे गोली लागेको हो। तर उनलाई कसले किन गोली हानेको हो भन्ने बारे अहिले नै एकिन गरेर भन्न सक्ने अवस्था नरहेको प्रहरीको भनाई छ। तर गोली लागि घाइते भएका रोशनको बर्दिबासस्थित जनसेवा हस्पिटल उपचार भईरहेको छ।
गोली कसले र किन चलाएको भन्नेबारे अनुसन्धान भई रहेको एसपी आचार्यले जानकारी दिए।