श्रीमानको कुटाइबाट सख्त घाइते एक महिलाको पोखरामा मृत्यु, श्रीमान् पक्राउ

श्रीमानको कुटाइबाट सख्त घाइते एक महिलाको पोखरामा मृत्यु, श्रीमान् पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १६ चैत्र २०७७
  • 5.3K
    Shares

janasanchar , कुटपिट

श्रीमानको कुटाइबाट सख्त घाइते बनेकी एक महिलाको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ।  सख्त घाइते बनेकी पोखरा महानगरपालिका–२६ बरालडाँडा बस्ने वर्ष ४० की देवी जि.सी बि.कको मृत्यु भएको हो।

प्रहरीका अनुसार, शनिबार दिउँसो अन्दाजी २ बजे आफ्नै श्रीमान ४९ वर्षीय देव बहादुर बि.कले मादक पदार्थ सेवन गरी कुटपिट गरेका थिए।
कुटपिटबाट टाउको र खुट्टामा चोट लागि गम्भिर घाईते बनेकोमा पोखराका विभिन्न अस्पतालमा उपचार पश्चात पुनः घरमानै लगिएकोमा आइतबार अचेत भई पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पुर्याइएको थियो।  उनको सोही अस्पतालमै उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

श्रीमतीको मृत्यु भएपछी मृतकको श्रीमान देव बहादुर बि.क.लाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार