गोरु काटेको अभियोगमा दुई जना पक्राउ

गोरु काटेको अभियोगमा दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १३ चैत्र २०७७
  • 5.4K
    Shares

पक्राउ , janasanchar

गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ हेम्जाकोट बस्ने ४९ वर्षीय चन्द्र नेपाली र सोही ठाउँ बस्ने ४९ वर्षीय कृष्ण नेपालीलाई गोरु काटेको अभियोगमा पक्राउ गरेको हो।

चन्द्र नेपालीले आफ्नै घरमा गोरु काटेको सुचना प्राप्त भएपछी प्रहरी चौकी धम्पुसबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले उनीहरुलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार