ताप्लेजुङमा एक सैनिक जवान मृत भेटिएका छन्। ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका ४ निर्माणधिन मध्य मेवा हाईड्रो पावरमा सुरक्षार्थ खटिएका सैनिक जवान २२ वर्षिय सिपाही विक्किकुमार शाह गलबार राति भेटिएका हुन्।
बारा जिल्ला देउताल गाउँपालिका ३ घर भएका शाह हाल श्री नेपाली सेनाको रणशेर गण पाँचथरमा कार्यरत रहेकोमा पल्टनबाट हाईड्रो पावर सुरक्षार्थको सिलसिलामा ताप्लेजुङ पुगेका थिए। उनी सुतिरहेकै अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।
शाहको शवलाई जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टम्यार्टम गरि आफन्तलाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ। सांकेतिक चित्र