सामुदायिक वनमा लागेको डँडेलो निभाउने क्रममा गोरखामा एकजनाको मृत्यु

सामुदायिक वनमा लागेको डँडेलो निभाउने क्रममा गोरखामा एकजनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १२ चैत्र २०७७
  • 14.5K
    Shares

सामुदायिक वनमा लागेको डँडेलो

सामुदायिक वनमा लागेको डँडेलो निभाउने क्रममा गोरखामा एकजनाको मृत्यु भएको छ । आरुघाट गाउँपालिका वडा नम्बर ७ को सातदोबाटो सामुदायिक वनमा लागेको डँडेलो निभाउने क्रममा स्थानीय मोहन फेवाली मगरको मृत्यु भएको हो ।

वनको आगो घर नजिकैको परालको टौवामा आउन सक्ने भन्दै निभाउन गएका ७२ वर्षीय फेवाली मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बुधवार राति आगो निभाउन गएका उनी लामो समय नफर्किएपछि खोजी गर्दा मृत भेटिएका एसपी शेखर खनालले जानकारी दिए । फाइल फोटो 

 

प्रतिक्रिया
सम्बन्धित समाचार