महोत्तरीमा बेपत्ता रहेका वृद्ध दम्पतीको शव खाल्डोमा गाडिएको अवस्थामा बिहीवार फेला परेको छ । गत फागुन ११ गतेदेखि महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोरवा गाउँका मुसाफिर झा र उनकी पत्नी गीतादेवी झा बेपत्ता थिए ।
२ नम्बर प्रदेश प्रहरीका प्रमुख समेत रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहले झा दम्पतीको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको जानकारी दिए ।
महोत्तरी प्रहरीले घटनामा संलग्न भएको आशंकामा स्थानीय रामबाबु यादव र उनका २ छोरा तथा १ भारतीय नागरिक हरेन्द्र ठाकुरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
https://janasanchar.com/2021/03/105070/