कोरोना त्रास : तनहुँमा बेलुका १० बजेपछि व्यवसाय बन्द गर्न प्रशासनको सूचना

कोरोना त्रास : तनहुँमा बेलुका १० बजेपछि व्यवसाय बन्द गर्न प्रशासनको सूचना


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ११ चैत्र २०७७
  • 11.6K
    Shares

janasanchar ,जिल्ला प्रशासन कार्यालय तनहुँ

जिल्ला प्रशासन कार्यालय तनहुँले १० बजेपछि व्यवसाय बन्द गर्न सूचना जारी गरेको छ। भारतमा कोरोना भाइरसको प्रकोप बढेकाले सचेतता बढाउन भन्दै रात्रिकालीन व्यवसाय १० बजेपछि सञ्चालन नगर्न सूचना जारी गरेको हो।

विज्ञप्तिमा ‘भारतमा थप क्रियाशील भई नेपालमा समेत सङ्क्रमितको दर बढ्दै गएको र मृत्युदर समेत वृद्धि भएकाले खुला सीमा नाकाको कारण सीमा नाकाबाट मानिसको आवतजावत बढी भएकोले तनहुँ जिल्लामा सक्रिय जोखिम कायमै रहेको’ उल्लेख छ।

विज्ञप्तिमा‘ कोरोना आक्रमणलाई थप फैलिन नदिई सावधानी अपनाउन र सचेत रहनका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले गरेको तीन बुँदे निर्णय सार्वजनिक गरिएको छ।

पहिलो निर्णयमा स्यानिटाइजर, मास्क, र सामाजिक दुरी कायम गर्न आग्रह गरिएको छ। दोस्रो निर्णयमा रात्रिकालीन समयमा सञ्चालन हुने व्यवसाय भिडभाड हुन नदिने र राती १० बजेपछि सञ्चालन नहुने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ।

तेस्रो नम्बरमा जात्रा, मेला, महोत्सव, कन्सर्ट जस्ता भिडभाड हुने कार्यक्रम नगर्न, नगराउन विज्ञप्ति जारी गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार