हास्यकलाकार हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि, जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध

हास्यकलाकार हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि, जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० असोज २०७७
  • 4.7K
    Shares

हास्यकलाकार हरिवंश आचार्य र धर्मपत्नी रमिला आचार्य

हास्य कलाकार हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि भएको छ। आफु र धर्मपत्निओ रमिला आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको समाचार हास्यकलाकार हरिबंश आचार्य स्वयम्ले आफ्नो फेस्बुकमार्फत जानकारी दिएका छन्।

हास्यकलाकार आचार्यले आफ्नो फेसबुकमा आफुहरुलाई सामान्य लक्षण देखिएपछि पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आएको जानकारी दिएका छन्।  साथै उनले आफूहरुसंग सम्पर्कमा आएका  सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन अनुरोध पनि गरेका छन्।

यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं | कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं |

उनले अघि भनेका छन्, ‘यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं ।’ कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नु पनि कलाकार आचार्यले आग्रह गरेका छन् ।

हास्यकलाकार हरिबंश आचार्यको फेसबुक स्तातास

प्रतिक्रिया