बिद्रोही ने.क.पा. कास्कीले प्रहरीको सहकार्यमा आफ्नो पार्टीका दुई नेतालाई पक्राउ गरायो

बिद्रोही ने.क.पा. कास्कीले प्रहरीको सहकार्यमा आफ्नो पार्टीका दुई नेतालाई पक्राउ गरायो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ असोज २०७७
  • 5.1K
    Shares

अर्जुन राउत र रामबहादुर डीसी

विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता हुँ भन्दै व्यवसायीसँग चन्दा मागेको भन्दै बिद्रोही ने.क.पा. कास्कीले आफ्नो पार्टीका दुई जना सक्कली नेतालाई प्रहरी लगाएर पक्राउ गराएको छ।

बिद्रोही ने.क.पा.को जिल्ला कमिटि कास्कीले पक्राउ गराएका सोही पार्टीका नेताहरुमा ने.क.पा. काठमाण्डौ उपत्यका बिशेष ब्युरो सदस्य अर्जुन राउत र काठमाण्डौस्थित ग्रामिण आदर्श बहुमुखी क्याम्पस क्यामपस इकाई कमिटि अध्यक्ष रामबहादुर डिसी रहेका छन्।   हाल उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ।

बिद्रोही ने.क.पा.कै मुखपत्र रातोखबर डट कमले प्रकाशन गरेको समाचार अनुसार, विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता हुँ भन्दै व्यवसायीसँग चन्दा माग्ने अर्जुन राउत र रामकुमार डीसीलाई कास्कीबाट प्रहरी र नेकपा कास्कीको संयुक्त सहकार्यमा पोखराबाट पक्राउ गरिएको छ ।

पोखराको भद्रकाली मार्गमा खाद्यान्न पसल संचालन गरि बस्ने विशाल थापालाई  आफुहरु विप्लव नेकपाको कार्यकर्ता भएको दाबी गर्दै लामो समयदेखि उनीहरुले धम्की दिँएको त्पस समाचारमा जनाइएको छ।

थापाले आफुलाई आएको धम्कीका बारेमा बिद्रोही ने.क.पा. कास्कीमा उजुरी दिएको र बिद्रोही नेकपा कास्कीले आफ्नो नाममा यस्ता गलत क्रियाकलाप गर्नेलाई जिल्ला प्रहरी कार्यालय कास्कीसँग सहकार्य गरेर नियन्त्रणमा लिन भनेपछि उनीहरुलाईं प्रहरीले पोखराको हल्लनचोकबाट पक्राउ गरेको रातोखबर डट कमको समाचारम उल्लेख छ।  उनीहरूले व्यवसायी थापासँग दुई लाख नगद माग गरेको रसिदसमेत भेटिएको समाचारमा जनाइएको छ।

यसैबीच जनसंचार डट कमले गरेको खोजीमा अखिल (क्रान्तिकारी) ग्रामिण आदर्श बहुमुखी क्याम्पस इकाई अध्यक्ष डिसीले संगठनले काठमाण्डौमा आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान  समेत गरेको पत्ता लागेको छ।  तीन दिन अघि आफुले गरेको रक्तदानको फोटो राउतले आफ्नो फेसबुकमा पोस्ट पनि गरेका छन्।

 

 

प्रतिक्रिया