पेस्तोल देखाएर ६ लाख ४५ हजार रुपैया लुटेर भाग्दा स्थानियले नियन्त्रणमा लिए

पेस्तोल देखाएर ६ लाख ४५ हजार रुपैया लुटेर भाग्दा स्थानियले नियन्त्रणमा लिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ चैत्र २०७२
  • 12.3K
    Shares

कडा सुरक्षा ब्यवस्था बीचमै पोखराको पृथ्बीचोकमा रहेको एक मनि ट्रान्फरमा हतियार देखाएर रकम लुटेर भाग्न क्रममा स्थानियले समातेर प्रहरीको जिम्मा लगाएका छन् । पोखरा उपमहानगरपालिका वडा न.-. ८ पृथ्वीचोक शिवालयमार्गमा रहेको सभ्यता मनि ट्रान्सफरबाट साढे ६ लाख ४५ हजार रकम लुटेर भाग्दै गरेका सुनसरी धरानका प्रशान्त थापामगर पेस्तोल सहित पक्राउ परेका हुन् । बिहान ११ बजेको समयमा समुहमा आएका लुटेराले मनि ट्रान्फरको कर्मचारीलाई धम्की दिएर काउन्टरमा भएको सम्पुर्ण र कम माग गरेका थिए ।

कर्मचारीलाई पेस्तोल देखाएर ६ लाख ४५ हजार रुपैया लुटेर भाग्न खोज्दा स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । मनि ट्रान्सफर भित्र छिरेका थापामगरले ढोकाको चुक्कुल लगाएर भित्र रहेका कर्मचारीलाई डर देखाउदै झोलामा रकम राख्न लगाई रकम झोलामा भरेर भाग्न लाग्दा स्थानियको फन्दामा परेका हुन । स्थानियले खवर गरेपछि प्रहरी पुगेको थियो ।  थापामगरले प्रयोग गरेको बा २४ प ४०७९ नम्बरको मोटरसाईल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ ।

दुई बर्ष अघि चार लाख लुटिएपनि केहि पत्तो लागेन

मंगलवार लुटिएको सभ्यता मनि ट्रान्सफर दुई बर्ष अघि पनि सोहि घरबाट लुटिएको थियो । अहिले मनि ट्रान्सफर रहेको घरकै माथिल्लो तलामा भएका बेला दुई बर्ष अघिको पुस १९ गते झण्डै चार लाख लुटेर एक जना फरार भएका थिए । त्यतिबेला मनि ट्रान्सफरमा कर्मचारी प्रनिता गुरुङ थिइन् ।

झण्डै साढे ४ बजेको समयमा मुख छोपेर आएका लुटेराले गुरुङलाई पेस्तोल देखाएर रकम लुटेका थिए । त्यतिवेला मनि ट्रान्सफरमा भएको सबै रकम लुटेर भाग्न खोज्दा भुईमा खसेपछि केहि रकम त्यसै छोडेर झण्डै साढे चार लाख सहित फरार भएका लुटेराको पहिचान हुन सकेन ।
घटनापछि प्रहरीलाई जानकारी गराएपनि अहिलेसम्म केहि खुल्न नसकेको सञ्चालकले बताएका छन् ।

मनि ट्रान्सफर दिपक कुमार गुरुङले सञ्चालन गरेको झण्डै १३ बर्ष भयो । ‘ त्यतिबेला कालो टोपी, माक्स, ज्याकेट लगाएको मान्छे आएको थियो, ’ प्रनिताले दुई बर्ष अघिको घटना सम्झदै भनिन् ‘ सबै रकम लुटेर मलाई कुर्सीमा मुख टेपले बन्द गरी गयो ।’ लुटेरा निस्किएपछि चिच्याएपनि त्यतिवेला कोहि नआएकाले भाग्न सफल भएको उनले बताइन् ।

प्रतिक्रिया