अविवाहित रेखालाई आमा बन्ने रहर

अविवाहित रेखालाई आमा बन्ने रहर


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १६ पुष २०७३
  • 18.4K
    Shares

हालै राप्रपामा प्रवेश गरेकी नायिका रेखा थापाले आफूलाई पनि सन्तानको आमा हुने रहर रहेको बताएकी छिन् । दाङको घोराहीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै नायिका रेखा थापाले “अब विवाह गर्ने समय पनि आएको र मिल्यो भने केही वर्षमै बैवाहिक जीवनमा बाँधिने ” बताइन ।

दाङको कोठरीमा आयोजित माघी महोत्सवमा सहभागी हुन आएकी थापाले राजनीतिक भेटघाटलाई पनि महत्व दिएकी छिन् । नायिका रेखा थापाले अब राजनीतिक नायिका बन्ने बताएकी छिन् । पत्रकार भेटघाटमा बोल्दै थापाले नीतिनिर्माण तहमा भूमिका खेल्न राजनीतिमा आएको र अब यस क्षेत्रको पनि नायिका बन्ने धारणा व्यक्त गरिन् । ‘चलचित्रमा मात्रै नायिका बनेर महिलाका मुद्दाहरु उठाउन कठिन हुँदोरहेछ,’ उनले भनिन्, ‘अब राजनीतिक रुपमै सम्बोधन गर्ने योजनामा छु । चलचित्रमा मात्रै नायिका भएर पुगेन । अब राजनीतिक नायिका बन्ने छु ।’

विभिन्न ठाउँमा महिलाहरुले गर्ने गरेका कानुनी र नीतिगत प्रश्नले आफूलाई राजनीतिमा सक्रिय हुन प्रेरित गरेको नायिका थापाले बताइन् ।

प्रतिक्रिया