पोखरामा आइतबारमात्र थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरमा हालसम्म भेटिएका दुइसय चार संक्रमितमध्ये एकसय सात जना निको भएर घर फर्किसकेका छन् । तर पोखरा महानगरभित्र रहेका क्वारेन्टाईन र आइशोलेशनमा उपचाररत १४ जना संक्रमितको स्रोत खुलेको छैन। यसरी संक्रमितको स्रोत नखुलेपछि कोरोना संक्रमण समुदायमा फैलिएको हुन् सक्ने आशंका गरिएको छ।
बाहिरी जिल्ला र विदेशबाट आएका तथा कन्ट्याक्ट ट्रेसिङमा परेकालाई पोखरा महानगरले आफ्नो दुईवटा क्वारेन्टिनमा राख्ने गरेको छ। यसरी क्वारेन्टिनमा रहेकाहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएमा सोझैआइशोलेशन पठाउने गरिएको पोखरा महानगर अन्तरगतको स्वास्थ्य महाशाखाका प्रमुख हरिलाल आचार्यले जानकारी दिए। तर कोरोना संक्रमणको पुष्टि भएका तर स्रोत नखुलेका कोरोना संक्रमित बिरामिहरुककारण पोखरा महानगरलाई समस्या परेको छ। यसरी स्रोत नखुलेका १४ जना संक्रमितहरुलाई इंगित गर्दै अधिकृत आचार्यले भने, ‘तर, समुदायस्तरमै पनि देखिन थालेको छ ।’
लकडाउन खुकुलो भइसकेको अवस्थामा समुदायस्तरबाटै कोरोना संक्रमित भेटिन थालेपछि महानगर नै सिल गर्ने गरी तयारी भैरहेको पोखरा महान्गरपालिकाका मेयर मानबहादुर जिसीले जानकारी दिए । तीज लगायत नेपाली मात्रको ठुला ठुला र धेरै मानिस जमघट हुने चाडवाड आउन लागिरहेको अवस्थामा बजारमा चहलपहल बढ्दै जाँदा कोरोना संक्रमणको जोखिम झनै बध्नेतार्फ़ संकेत गर्दै मेयर जिसीले आज आइतबार मात्रै सर्वदलीय बैठक बसेर लकडाउन कडा रुपमा अघि लैजाने सल्लाह भएको जानकारी दिए । महानगरलाई तत्काल सिल नगरे कोरोना समुदायस्तरमा झन् फैलिने र त्यसले महानगरलाई नै हानी गर्न सक्ने भएकाले २/३ दिनमै पोखरा महानगर लकडाउन हुनसक्ने संकेत गरे।