आफुले लेखेको समाचारका बारे कान्तिपुरले क्षमा मागेकोमा असन्तुष्ट कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको शब मकवानपुरमा फेला पर्यो !

आफुले लेखेको समाचारका बारे कान्तिपुरले क्षमा मागेकोमा असन्तुष्ट कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको शब मकवानपुरमा फेला पर्यो !


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ साउन २०७७
  • 5.8K
    Shares

बलराम बानियाँ

सोमबारदेखि हराइरहेका कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँ मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजना नजिकको खोलामा मृत भेटिएका छन्।

दुई दिनदेखि घर नफर्किएको भन्दै उनका परिवारजनले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको अवस्थामा उनको शब मकवानपुरको सिस्नेरीमा फेला परेको हो।

पत्रकार बानिया बेपत्ता भएको उजुरी परेपछि अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको थियो ।

अनुसन्धान अधिकृतका अनुसार सोमबार दिउँसो ३ः२३ मा बानियाँ बल्खु खोलाको पुलमुनि देखिएका थिए । बाटो छेऊबाट हिलैहिलो उनी हिँडेको देखेपछि स्थानीयले त्यता नजान भनेका थिए । तर आज उनको शब् मकवानपुरमा फेला परेको बताइएको छ।  यसैबीच पत्रकार बानियाकि छोरीले मृत अवस्थामा भेटिएका आफ्नो बाबुले लगाएको जुत्ताको आधारमा मृतक व्यक्ति आफ्नै बाबु भएको भनेर प्रहरीलाई सनाखत गरिदिएकी थिइन। उनले मृत आफ्नो बाबुको शबको फोटो हेरेर सनाखत गरेको प्राप्त समाचारमा जनाइएको छ। उनको शव भेटेपछि अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडामा पुर्याइएको छ ।

दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकसँग सम्बद्ध पत्रकार बानियाँ राजनीति र सुशासनमा कलम चलाउने कुशल पत्रकार मानिन्छन् । उनी तनहुँका बासिन्दा हुन् ।

यसैबीच जनआस्था डट कमले प्रकाशित गरेको समाचार अनुसार, पत्रकार बानियाँले जुत्ता किनारमा छाडेर सोमबार काठमाडौंको बल्खु खोलामा हाम्फालेका थिए । मदिरा सेवन गरेको अवस्थामा खोलामा हाम्फालेका उनलाई बचाउनका निम्ति प्रत्यक्षदर्शीले डोरी र बाँससमेत दिएका थिए । तर, उनले ती दुबै चिजको प्रयोग गरेनन् वा गर्न सकेनन् ।
असार १० गते कान्तिपुरको पहिलो पृष्ठमा चीनले नेपालको भूभाग ओगटेको समाचार उनको बाइलाइनमा प्रकाशित भएपछि सम्पादकीय समूहले सार्वजनिक क्षमायाचना गरेको थियो ।

त्यसयता बलराम कान्तिपुरमा कम भूमिकामा रहँदै आएका थिए । अस्ति मात्र सम्पादक सुधीर शर्मासङ्ग यौटा लेखबारे उनको फोनमा कुरा भएको तर आज यस्तो दुखद खबर सुन्नुपरेको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले बताएको समाचार जनआस्था डट कमले लेखेको छ ।

प्रतिक्रिया