लिम्पियाधुरा समेटेर नेपालले नयाँ नक्शा जारी गरेपछि लियो भारतले प्रतिशोध : नेपालीलाई भारतीय बाटो प्रयोग गर्नमा रोक

लिम्पियाधुरा समेटेर नेपालले नयाँ नक्शा जारी गरेपछि लियो भारतले प्रतिशोध : नेपालीलाई भारतीय बाटो प्रयोग गर्नमा रोक


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ साउन २०७७
  • 3.9K
    Shares

धार्चुलास्थित भारतीय बाटो

नेपालले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशित गरेपछि स्वरुप भारतले नेपालीलाई धार्चुला, गब्र्याङ हुँदै छाङरु–तिङ्कर जाने बाटो प्रयोगमा रोक लगाएको छ । दार्चुलाको ब्याँस–१ का स्थानीयले यो बाटो प्रयोग गर्दै आएका थिए ।

ब्यास– १ छाङरु र तिंकरवासी हिमपात हुने पुसदेखि वैशाखसम्म जिल्ला सदरमुकाम खलङ्गालगायत तल्लो भागमा झरेर बस्छन् । जेठदेखि उनीहरू फेरि खेतीपातीका लागि गाउँ फर्कन्छन् । त्यसरी गाउँ फर्कने क्रममा त्यहाँका स्थानीय धार्चुला, गब्र्याङ बाटो प्रयोग गर्छन् ।

ब्यास– १ वडाध्यक्ष अशोक बोहराले नेपालतर्फको बाटो हिँड्न सकिने अवस्थामा नरहेको अवस्थामा भारतले बाटो प्रवेशमा रोक लगाएको गुनासो पोखे।  कोभिड– १९ का कारण लगाइएको लकडाउन र कालापानी सीमा विवादका कारण बाटो प्रयोगमा रोग लगाइएको हुन् सक्ने वडाध्यक्ष बोहराले आसंका ब्यक्त गरे।

यसैबीच वडाध्यक्ष बोहराले सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामला तथा कानुनमन्त्री प्रकाश रावललाई भेटेर छाङरु र तिंकरवासीलाई सहुलियत भाडा दरमा हेलिकप्टर उपलब्ध गराउन माग गरेका छन्।

छाङरु र तिंकरवासीले जनैपूर्णिमा भब्य रुपमा मनाउछन। भारतले बाटो प्रयोगमा अवरोध गरेको अवस्थामा साउन १९ गते पर्ने जनैपूर्णिमाका अवसरमा पुजा गर्न गाउँ फर्कनु पर्ने कारण देखाउदै वडाध्यक्ष बोहराले प्रदेश सरकारसंग सहुलियत भाडा दरमा हेलिकप्टर उपलब्ध गराउन माग गरेका हुन्।

वडाध्यक्ष बोहराले मन्त्री रावललाई प्रदेश सरकारले हेलिकप्टरको व्यवस्था नगरे आफूहरूको पूजा रोकिने जानकारी गराएको बताए । उनले स्थानीयवासीलाई मात्र नभई त्यस क्षेत्रमा कार्यरत राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीलगायतलाई पनि यस्तो सुविधा अत्यावश्यक भएको दाबी गरे।

प्रतिक्रिया