नपढाएको समयको शुल्क नउठाउन सत्तारुढ अनेरास्ववियुका नेताको चेतावनी, यसअघि लुटेको रकमको  केही अंश संकटमा लगानी गर्न बोर्डिंङ्गका संचालकलाई आव्हान

नपढाएको समयको शुल्क नउठाउन सत्तारुढ अनेरास्ववियुका नेताको चेतावनी, यसअघि लुटेको रकमको  केही अंश संकटमा लगानी गर्न बोर्डिंङ्गका संचालकलाई आव्हान


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० असार २०७७
  • 7.8K
    Shares

नपढाएको समयको पनि शुल्क उठाउन खोज्ने निजि तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सनको दुस्साहसलाई सत्त्तारुढ नेकपाकै पोखरास्थित बिद्यार्थी नेताहरुले बिरोध गरेका छन्। उनीहरुले प्याब्सनको दुस्साहसको बिरोध गर्दै सर्वसाधारणबाट एक सय ४७ रुपैयाँ उठाएर प्याब्सन केन्द्रको खाता नम्बर ००१००६०२६६१७५ मा जम्मा गरिदिए ।

प्याब्सनको खातामा रकम जम्मा गरेपछि पोखराको महेन्द्रपुलमा आयोजित एक कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय नेता क्षितिज सापकोटाले अभिभावक र विद्यार्थी कोरोना महामारीको मारमा परेका बेला नपढाएको समयको शुल्क नउठाउन अनुरोध गर्दै यदि त्यस्तो कार्य जारी रहेमा अनेरास्ववियुले नछाड्ने चेतावनी दिए।  साथै उनले यसअघि निजी विद्यालयहरुले यसअघि लुटेको रकमको  केही अंश यो संकटमा लगानी गर्न पनि निजी तथा आवासीय बिद्यालयका संचालकहरुलाई आव्हान गरे। बिद्यार्थी नेता सापकोटाले नपढाएको अवधिको शुल्क नतिर्न बिद्यालयलाई नतिर्न अभिभावकसँग आव्हान गरे  ।

यसअघि प्याब्सनले निजी विद्यालय पनि संकटमा रहेको भन्दै विद्यार्थी भर्ना गर्न, पुरानो र नयाँ शुल्क समेत तिर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया