नेपाली भुमि उपभोग गर्न नदिने भारतीय एसएसबीको दादागिरी तोड्न सशस्त्र प्रहरी सफल, आफ्नो जमिनमा नेपालीले खेती थाले

नेपाली भुमि उपभोग गर्न नदिने भारतीय एसएसबीको दादागिरी तोड्न सशस्त्र प्रहरी सफल, आफ्नो जमिनमा नेपालीले खेती थाले


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ जेष्ठ २०७७
  • 4.1K
    Shares

भारतीय सिमा सुरक्षा बल (एसएसबी)को दादागिरीलाई तोड्दै कन्चनपुरको महाकाली नगरपालिका- ८ सुन्दरनगरका स्थानीय किसान लक्ष्मण पुन(मगर)ले यस पालिदेखी आफ्नो खेतबारीमा खनजोत शुरु गरेका छन्।

नेपाली सिमा सुरक्षामा खटिएको सस्शास्त्र प्रहरीको पहलमा उनले वर्षौंपछी आफ्नो खेतबारी खनजोत शुरु गरेका हुन्।   भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले जहिले पनि उनलाई आफ्नै खेतमा जोत्दा अवरोध गर्दै आएका थिए । कहिले खेत जोत्न नदिने, कहिले अन्नबाली नष्ट गरिदिने, कहिले खेति गरिरहेकै अवस्थामा एसएसबीका जवान आएर अवरोध गर्दै आएका थिए ।

चार बर्ष अघि पनि हिउँदे बाली लगाउनका लागि खेत पसेका लक्ष्मणलाई एसएसबीले जोत्न दिएको थिएन्, गत बर्ष मसुरो लगाएको खेतमा भारतीय नागरिकले ट्याक्टर लगाएर नष्ट गरिदिएका थिए ।

हालै बर्खेखेतीका लागि जेठ दोस्रो साता खेत जोत्दा एसएसबीले अवरोध गरिदिएपछि उनी कञ्चनपुरको सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणसमक्ष गुनासो गर्न पुगेका थिए।

उनको गुनासो सुनेपछि सशस्त्र प्रहरीका गणपति वीरसिंह साहु विवादित क्षेत्र पुगे । बिहीबार बिहानै विवादित सीमा क्षेत्र पुगेको सशस्त्र प्रहरी बल कञ्चनपुरका कमाण्डर साहुले भारतीय सीमा सुरक्षा बल(एसएसबी)का डेपुटी कमाण्डर महेश कनियाल, जनप्रतिनिधि एवं स्थानीयसंग घनिभूत छलफल गरेर बषौँदेखिको सीमा विवाद टुङ्गो लगाए ।

विवाद समाधन्पछी सशस्त्र एसपी साहुले ‘अब दशजगा क्षेत्र पुर्वतिर नेपालीले कमाउन पाउने” बताए।  १७ नम्बर सीमा पिलरको विच भागबाट विवादित क्षेत्रतिर नापजाँच गरेर दुवैतर्फ १०-१०मिटर छाडेर नेपाल तर्फ नेपाली नागरिक र भारततर्फ भारतीय नागरिकले उपभोग गर्न पाँउनेछन ।

वार्ता लगत्तै लक्ष्मणले आफ्नो जमिन खनजोत गरेका छन् । बषौँदेखि आफ्नै जमिन जोत्न नपाएपछि पीडित भएका नेपाली नागरिक लक्ष्मणले खुसी व्यक्त गरे ।‘ सशस्त्र प्रहरी बलले मेरो बषौँदेखिको विवाद टुङ्गो लगाईदियो ।’ अव निर्वाधरुपमा खेत खनजोत गरेर उपभोग गर्ने उनले बताए । नेपाल भारतको सीमा पिलर नजिक लक्ष्मणको अढाईकट्टा जमिन छ ।

विस २०२४ सालदेखि बसोबास गर्दै आएका लक्ष्मणको परिवारले आफ्नो मातृभूमि निर्वाधरुपमा उपभोग गर्न पाएपछि हर्षित भएका छन् ।महाकाली नगरपालिका जनप्रतिनिधि स्थानीय एवं सरोकारवाला पक्षले सशस्त्र प्रहरीको प्रसंशा गरेका छन् । विवाद विवादकै कारण नेपाली नागरिकले ज्यानै गुमाउनुपर्ने बाध्यता रहेको कञ्चनपुरमा उक्त विवाद सशस्त्र प्रहरीबाट समाधान भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

भारतसंग सीमा जोडिएको कञ्चनपुरको १ सय २९. ५ किलोमिटर सीमा दुरी मध्ये सुन्दरगरको सीमा विवाद टुङ्गो लगाएसंगै यसरी नै सशस्त्र प्रहरीले अन्य क्षेत्रको सीमा विवाद टुङ्गो लगाउनुपर्नेमा जोडदिएका छन् । समाचारस्रोत न्युज २४ टेलिभिजन 

प्रतिक्रिया