ओली र दाहालबीच खटपट शुरु: पार्टी स्थायी कमिटिका लागि संयुक्त एजेन्डा नै बनेन

ओली र दाहालबीच खटपट शुरु: पार्टी स्थायी कमिटिका लागि संयुक्त एजेन्डा नै बनेन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ बैशाख २०७७
  • 3.8K
    Shares

केपी ओली र प्रचण्ड

पार्टी विभाजन हुन् लागेको अवस्थामा अन्तिम समयमा पार्टी सचिबालय बैठकमा आत्मालोचनाको नाटक गरेर अस्थायी युद्दबिराम गरेका प्रधानमन्त्री एबम पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच फेरी खटपट शुरु भएको छ।

पार्टी स्थायी कमिटि बैठक बोलाउन आबस्यक एजेन्डा तय गर्ने बस्ने पार्टी सचिबालयको बैठक आज बस्दैछ।  तर ओली र दाहाल बीच सोमबार र मंगलबार पटक-पटक वार्ता भए पनि एजेन्डामा सहमति भएको छैन।  दाहाल पक्षले एजेन्डाका बारे सामान्य खाका तयार गरिसकेको दाबी गरेपनि ओलीको कुनै तयारी नरहेको बताइएको छ।

गएको बैशाख २० गतेको सचिबालय बैठकले पार्टी अध्यक्ष दाहाल र महासचिब बिष्णु पौडेललाई संयुक्त एजेन्डा तय गर्न निर्देशन दिएको थियो।  तर उनीहरुले अहिलेसाम्म त्यो कामको शुरुवात सम्म गर्न सकेका छैनन्।

प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच एक व्यक्ति एक पद नीति लागू गर्ने बारेमा सहमति हुन् नसकेको बताइएको छ।  अध्यक्ष दाहाल एक व्यक्ति एक पदको नीतिका पक्षमा देखिएका छन्।  उनी पक्षधर स्थायी कमिटिका सदस्यहरुको मंगलबारको भेलाले आगामी स्थायी कमिटि बैठकमा एक व्यक्ति एक पद नीति लागू गर्न दबाब दिने निर्णय गरेका छन्।  त्यति मात्र हैन उनीहरुले राजनीतिक दल समबन्धि अध्यादेश किन ल्याइएको थियो भन्ने बारेमा पनि बैठकमा छलफल गरिनुपर्ने अडान राख्ने पक्षमा एकमत देखिएका छन्। त्यस भेलामा माधब नेपाल पक्षधर स्थायी कमिटि सदस्यहरुको पनि सहभागिता थियो।

यता केपी शर्मा ओली पक्ष संसदको बजेट अधिबेशन शुरु हुन लागेको र पार्टीभित्र धेरै कुराहरु मिलाउन बाँकी रहेको भन्दै पार्टी स्थायी कमिटि बैठकलाई केही समय पछाडी धकेल्ने कोशिषमा छन्।

यदि अहिलेकै अवस्थामा पार्टी स्थायी कमितिबैथक शुरु  भएमा केपी शर्मा ओली पक्षलाई अप्ठ्यारो पर्ने सम्भावना देखिएको छ।  पार्टी सचिवालयमा बामदेब गौतमलाई आफ्नो पक्षमा उभ्याएर बहुमत कायम गर्न सफल प्रधानमन्त्री ओलीका लागि पार्टी स्थायी कमिटि बैठक फलामको चिउरा जस्तै साह्रो हुनेछ।

४५ सदस्यीय स्थायी कमिटीमा ओली समुहका १४, दाहाल समुहका १७ र दाहाल समुहका १३ जना  छन्।  बिगतमा दाहालको समुहमा रहेका राम बहादुर थापा अहिले ओली समुहमा ओउगेका छन्।  पार्टी स्थायी कमिटिको अंक गणितीय समीकरण हेर्दा यी तीन समुह एकले अर्कालाई नजर अन्दाज गरेर जान सक्ने अवस्था छैन।  यी तीनमध्ये दुई समूह नमिलेसम्म पार्टी स्थायी कमिटीमा बहुमत नपुग्ने देखिन्छ।

त्यसो त यतिबेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल र माधब कुमार नेपाल एकजुट भएर प्रधानमन्त्री एबम पार्टी अध्यक्ष केपी शर्मा ओलीका बिरुद्ध आवाज उठाइरहेका छन्।  त्यसमा पनि गत सचिबालय बैठक लगत्तै नेता माधब कुमार नेपालले आफुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले धोखा दिएको सार्वजनी अभिव्यक्ति दिएका थिए।  तैपनि यी दुई समूहबीच सहकार्य हुने सम्भावना प्रबल देखिन्छ। तर बिगतका सहपाठी केपी शर्मा ओलीले नेता माधब कुमार नेपाललाई प्रधानमन्त्री वा पार्टी अध्यक्ष दिएर त्यसपछि बन्ने मन्त्रीमण्डल र मुख्यमन्त्रीहरुमा नेपाल पक्षकालाई सहभागी गराउने लिखित सहमति भएमा ओली र नेपाल बीच गठबन्धन नहोला भन्न नसकिने अवस्था छ।  यति बेला सत्तारुढ नेकपाभित्र रहेका गुटहरुको नेतृत्व गरिरहेका केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधब कुमार नेपालबीच एकले अर्कालाई शंकाको दृष्टिले हेरिरहेका छन्।  यस्तो तरल अवस्थामा ओली र नेपाल तथा नेपाल र दाहालबीच जुनसुकै बेला गठबन्धन हुन् सक्ने सम्भावना त्यत्तिकै छ।  त्यसो त नेपाली राजनीतिमा असम्भव भन्ने केही हुन्न, तर ओली र दाहालबिचको  गठबन्धनको सम्भावना न्यून छ।  किनकि यी दुईबीच अहिले नेतृत्वका बारेमा कडा टक्कर परिरहेको छ।

केन्द्रीय सचिवालयमा उपाध्यक्ष बामदेव गौतमको साथ पाएपछि बहुमतमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि वैशाख २५ मा बस्ने स्थायी कमिटी बैठक पेचिलो बन्नेछ । स्थायी कमिटीमा करिब दुई तिहाई सदस्यहरु ओलीको विपक्षमा हुनेछन् ।

यदि ओली र प्रचण्डबीच मंसिर ४ को सहमतिअनुसार अघि बढ्ने मोडालिटीमा सहमति भएको हो भने पूर्वमाओवादी पक्ष उनी विरुद्ध आक्रामक हुने छैन । त्यो अवस्थामा माधव नेपाल पक्ष मात्र उनको विपक्षमा उभिँदा विरोधीको संख्या कम हुने आशा ओली पक्षको छ ।

यद्यपि प्रचण्डले माधव नेपाल र झलनाथ खनाललाई आफ्नो साथमै राख्न खोजिरहेका छन् । पूर्वमाओवादीका स्थायी कमिटी सदस्यहरुमध्ये हाल ओली सरकारमा मन्त्री रहेकाहरुले प्रधानमन्त्रीको राजीनामा माग्ने वा चर्को विरोध गर्ने सम्भावना भने छैन । माधव नेपाल निकट नेताहरु भने प्रधानमन्त्रीको राजीनामा माग्ने तयारीमै देखिन्छन् ।

स्थायी कमिटीमा राजीनामा मागेर अप्ठेरो पार्नुअघि नै शीर्ष तहमा समझदारी कायम गर्न प्रधानमन्त्रीले परामर्श थालेका छन् । मंगलबार मात्रै उनले अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग बेग्लाबेग्लै छलफल गरेका छन् । तर, माधव नेपाल ‘एक व्यक्ति एक पदको एजेण्डा’सहित स्थायी कमिटी बैठकमा प्रस्तुत हुने संकेत देखिएको छ ।

यद्यपि मन्त्री रहेका माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु घनश्याम भुसाल र योगेश भट्टराई भने प्रधानमन्त्रीको राजीनामा माग्ने लहरमा प्रत्यक्षरुपमा उभिने छैनन् । तर, ‘एक व्यक्ति एक पद’को प्रस्तावमा उनीहरुको विमति छैन । ओली र नेपालबीच कुनै सहमति भएमा त्यो आफूहरुलाई मान्य हुने यी दुई नेताको भनाइ छ ।

पूर्वमाओवादीतर्फका स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्रीको राजीनामा माग्ने सन्दर्भमा विभाजित छन् । टोपबहादुर रायमाझी, लेखराज भट्ट, गणेश साह, शक्ति बस्नेत लगायतका नेताहरु ओलीको विकल्प प्रचण्डमात्र हुन सक्ने भन्दै ओली हटाएर पूर्वएमालेकै अर्को नेतालाई प्रधानमन्त्री बनाउने कुराको विपक्षमा रहेको केपी ओली पक्षको दाबी छ ।

पूर्वमाओवादीका स्थायी कमिटी सदस्यहरुमध्ये रामबहादुर थापा बादल, वर्षमान पुन, शक्ति बस्नेत, लेखराज भट्ट र गिरिराजमणि पोखरेल मन्त्री छन् । उनीहरुले प्रधानमन्त्रीको राजीनामा माग्नुअघि मन्त्री पद छाड्नुपर्ने नैतिक बन्धन छ ।

स्थायी कमिटीको कुन पक्षमा कोको ?

ओली समूह (१४ जना)

केपी ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवास नेम्वाङ, सत्यनारायण मण्डल, रघुवीर महासेठ, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा र विष्णु रिमाल ।

प्रचण्ड समूह (१७ जना)

पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, हरिबोल गजुरेल, चक्रपाणि खनाल, लीलामणि पोखरेल, मणि थापा, पम्फा भुसाल, मातृका यादव, गणेश शाह, देव गुरुङ, लेखराज भट्ट, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी र गिरिराजमणि पोखरेल ।

माधव नेपाल समूह (१३ जना)

माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रघुजी पन्त, बेदुराम भुसाल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपाने ।

प्रतिक्रिया