अन्तत: केपी शर्मा ओलीको बामदेब कार्ड सफल भएको छ। आफनै पार्टी भित्र रहेका आफूविरुद्ध लागेका समुहलाई फुटाउन कार्डको रुपमा सोही समुहका नेता बामदेब गौतमलाई कोरोना संक्रमण सकिएपछि प्रधानमन्त्री बनाउने प्रस्तावका कारण ओलीले अब प्रधानमन्त्री र पार्टी अध्यक्ष पद छाड्नु नपर्ने भएको छ।
प्रधानमन्त्री एबम पार्टी अध्यक्ष ओलीसंग आफुलाई प्रधानमन्त्री बन्ने शर्तमा पाल्पाबाट चुनाब लड्न वातावरण बनाउने सहमति भएपछी ओली इतर समुहका नेता पार्टी उपाध्यक्ष बामदेब गौतमले सो समूह परित्याग गरी ओली समुहमा प्रवेश गरेका थिए। ओलीलाई कुनै पनि हालतमा घोक्रेठ्याक लगाउने तयारी गरेको ओली इतरको पुष्पकमल दाहाल-माधब कुमार नेपाल समुहबाट गौतम बाहिरिएपछि पार्टी सचिवालयमा ओली बहुमतमा पुगेका छन्। उनलाई गौतमसहित अर्का सचिबालय सदस्य एबम गृहमन्त्री रामबहादुर थापाले पनि साथ् दिएका छन्। उबलाई शुरुदेखि नै महासचिब बिष्णु पौडेल र सरकारका रक्षा मन्त्री इश्वर पोखरेलले साथ् दिईरहेका छन्। गौतम र थापाले साथ छाडेपछि नौ सदस्यीय सचिवालयमा दाहाल-नेपाल समुहका पुर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधब कुमार नेपाल र झलनाथ खनाल तथा पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठ मात्र पार्टी सचिवालयमा रहेका छन्।
आफ्नो समुहको बहुमत रहेको पार्टी सचिवालयमार्फत निर्णय गराएर पार्टी स्थायी कमिटि बैठक बोलाउने र त्यही स्थायी कमिटि बैठकबाट ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट घोक्रेठ्याक लगाउने योजना दाहाल-नेपाल गठबन्धनली गरिरहेको थियो। ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट हटाएपछि प्रधानमन्त्री माधब कुमार नेपाल बन्ने भनेर प्रस्तावित मन्त्रीमण्डलको नामावली समेत सार्वजनिक भएको थियो। तर ओलीले अघिल्लो सचिबालय बैठकमा दोश्रो पुस्ताको नेतृत्व भनिएका पार्टी उपाध्यक्ष बामदेब गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताब गरिदिएपछि दाहाल-नेपाल समुहमा खैलाबैला भएको थियो। ओलीले फालेको बामदेब कार्ड पछि बामदेब गौतमलाई फकाएर आफ्नो समुहमा ल्याउन सफल भए।
ओलीले थापा र गौतमलाई आफ्नो पक्षमा पारेपछि शनिबार बसेको पार्टी केन्द्रिय सचिबालय बैठकबाट नेता गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको चुनाब लड्ने वातावरण बनाउने निर्णय गराएका छन्। बर्दिया वा प्युठानबाट चुनाब लड्दै आएका नेता बामदेब गौतमले पाल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाब लड्ने सहमति ओलीसंग गरिसकेका छन्। पाल्पा निर्वाचन क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद दलबहादुर रानालाई राजीनामा गराएर गौतमलाई लडाउने सहमति ओली पक्षधर महासचिव पौडेलले गराएको स्रोतको दाबी छ। अद्यापि त्यो चुनाब कहिलेसम्म गर्ने भन्ने बारेमा स्पस्ट पारिएको छैन। नेता बामदेब गौतमले चुनाब लडेर जितेमा प्रधानमन्त्रीको दाबी गर्ने भएकाले उनलाई निकट भविष्यमा हुने उपचुनाबमा पनि पराजित गाउने सम्भावना त्यत्तिकै छ।
उपयुक्त समयमा प्रतिनिधिसभाको उमेद्वार बनाउन पहल गर्ने निर्णय गरेको सत्तारुढ नेकपा सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक बैशाख २५ गते बोलाउने निर्णय गरेको छ ।
त्यसको तयारीका लागि २४ गते सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
त्यस बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई लिएर आत्मालोचना गरेको पनि प्रवक्ता श्रेष्ठले बताए । अध्यक्ष पुष्पकमल दाहाल लगायतले पनि पार्टी सञ्चालनमा भएका कमिकमजोरीमा आत्मालोचना गर्दै अगाडि बढ्ने निर्णय भएको श्रेष्ठले बताए ।
यस्तै बैठकमा पार्टी एकतालाई रक्षा गर्ने र सुदृढ गर्ने र पार्टीलाई गुटउन्मुख हुन नदिन पार्टीका सबैतहमा निर्देशन दिने पनि निर्णय गरेको छ ।
त्यही बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले तेस्रो बरियताको अध्यक्ष बन्न अस्वीकार गरेका छन् । शनिबार बालुवाटारमा सम्पन्न सचिवालयको बैठकमा नेता नेपाललाई तेस्रो बरियताको अध्यक्ष बन्न अध्यक्ष केपी ओलीका तर्फबाट प्रस्ताव गरिएकोमा नेता नेपालले सो प्रस्ताव अस्वीकार गरेका हुन् ।
प्रधानमन्त्री ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद छाड्नुपर्ने माधव नेपाल पक्षले माग राख्दै आएको छ । अब यसबारे २५ गतेको स्थायी कमिटी बैठकमा थप छलफल हुने नेतहरुले बताएका छन् । बरिष्ठ नेता नेपाल आगामी महाधिवेशनमा अध्यक्षका दाबेदार हुन् ।
यसैबीच प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारका केही मन्त्री, प्रदेशका मुख्यमन्त्री र सल्लाहकारहरुलाई परिवर्तन गर्ने संकेत गरेका छन्। पार्टी मिलाएर लैजाने बचन दिएका ओलीले माधबकुमार नेपाल पक्षका नेतालाई ब्यबस्थित गर्न त्यस्तो गर्न लागेका हुन्। ओलीले यस्तो तयारी गरिरहंदा नेता माधबकुमार नेपाल अलिक ससंकित बनेको समाचार स्रोतको दाबी छ।
स