बेपत्ता व्यक्ति छानविन आयोगको कमजोर अनुसन्धान: खानेपानी मन्त्री बिना मगर नै बेपत्ता

बेपत्ता व्यक्ति छानविन आयोगको कमजोर अनुसन्धान: खानेपानी मन्त्री बिना मगर नै बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ चैत्र २०७६
  • 6K
    Shares

खानेपानी मन्त्री बिना मगरको नाम बेपत्ता सुचिमा

दश वर्षे जनयुद्ध समाप्त भएको पनि झन्डै १३ वर्ष बितिसक्दा पनि न त  कहाँबाट कसरी कसले शहीद बनाए र उनका परिबार के गरिरहेका छन् भन्ने बारेमा राज्य खबर छ, न जनयुद्धको क्रममा कुन पक्षले कसलाई के कारण बेपत्ता बनाए भन्ने बारेमा एकीन तथ्य पनि राज्यसँग पनि छैन।  त्यही एकीन गर्न गठित छानबिन समितिले पनि सत्य-तथ्य पत्ता लगाउनु त परे जावोस को कोलाई बेपत्ता पारिएको हो भन्ने बारेमा सुचना संकलन पनि सही तरीकाले नगरेको भेटिएको छ।

बेपत्ता पारिएका व्यक्तिहरुको छानविन गर्न गठित आयोगले खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई पनि बेपत्ता व्यक्तिको सूचीमा राखेको छ । आयोगले सार्वजनिक गरेको २५ सय ६ जना व्यक्तिको सूचीमा मन्त्री मगरको पनि १९० नम्बरमा राखिएको छ ।बेपत्ता छानबिन आयोगको वेबसाइटमा राखिएको सूचीमा देशकै खानेपानी तथा सरसफाई मन्त्री बिना मगरको नाम समावेश गरिएको छ ।

आयोगले अनुसन्धानका क्रममा आवश्यक जानकारी लिनका लागि द्वन्द्वकालीन अवस्थामा बेपत्ता पारिएका २ हजार ५ सय ६ व्यक्तिको नाम आयोगको वेबसाइटमा राखिएको छ, जसमा बहालवाला मन्त्री मगरको नाम समेत देखिन्छ ।

आयोगका सूचना अधिकारी निराजन घिमिरेले हाल सम्पर्कमा आएका भएपनि द्वन्द्वकालमा बेपत्ता पारिएका सबैको नाम सूचीमा समावेश भएको बताए । ‘

आयोगको सूचीमा सबैभन्दा धेरै उजुरी बर्दियाबाट परेका छन्् । बर्दियामा २ सय ५४ जनाको नाम छ । त्यस्तै, दाङमा १ सय २८, कञ्चनपुरबाट ७७, अछामबाट ५४, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट ४०–४० जना बेपत्ता भएको उजुरी परेको छ । उजुरी निवेदनका आधारमा बेपत्ता पारिएका व्यक्तिको नामावली सार्वजनिक गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया