फुटबलका बादशाह पेले आफ्नो घरबाट निस्कन नसक्ने अवस्थामा, घरबाट बाहिर निस्कन अनिच्छुक

फुटबलका बादशाह पेले आफ्नो घरबाट निस्कन नसक्ने अवस्थामा, घरबाट बाहिर निस्कन अनिच्छुक


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २८ माघ २०७६
  • 6.1K
    Shares

फुटबलका बादशाह पेले

सन् २०१५ मा प्रोटेस्टको अपरेशन गरेका फुटबलका बादशाह पेले त्यस यता सार्वजनिक रुपमा देखिएका छैनन्।  फुटबलप्रेमी धेरैले उनको अवस्थाका बारेमा सोधीखोजी त गरे होलान, तर उनको यथार्थ खबर कसैले पाउन सकेका छैनन्। तर अहिले आएर सार्वजनिक भएको उनको स्वास्थ्य अवस्था बारे जानकारी पाउँदा पक्कै पनि फुटबल प्रेमीहरु दुखित हुनेछन।

तीन पटक विश्व कप बिजेता उनलाई सर्वोत्कृष्ट खेलाडीको रुपमा लिइन्छ । पिसाब संक्रमणका कारण उनलाई गत वर्ष अस्पताल पुर्‍याइएको थियो ।

७९ वर्षका पेले लाई केही समय यता कम्मरमा समस्या देखिएको थियो अब उनलाई हिँड्न फ्रेम चाहिन्छ । उनलाई पछिल्लो पटक सार्वजनिक स्थानमा ह्विलचेयरमा मात्रै देखिएको छ ।

ब्राजिलका महान् फुटबलर पेले लाजका कारण आफ्नो घरबाट निस्कन नसक्ने उनको छोरा इडिन्होले जानकारी दिएका छन् । उनी कसैको सहाराबिना हिँड्न सक्दैनन् त्यसकारण उनलाई घरबाट बाहिर निस्कन लाज लाग्ने छोरा इडिन्होले बताएका छन् । ‘उनलाई असाध्यै अप्ठेरो लाग्छ, एकान्त मनपर्छ,’ उनका छोरा इडिन्होले टिभी ग्लोबललाई जानकारी दिए ।

‘एकपटक सोच्नुहोस् त, उनी राजा हुन्, उनको व्यक्तित्व सधैं उत्कृष्ट रहँदै आएको छ र अहिले उनी राम्रोसँग हिँड्न पनि सक्दैनन्,’ इडिन्होले बताए ।

‘उनलाई लाज लाग्छ, उनलाई घरबाट बाहिर निस्कनै मन लाग्दैन, कसैले देखोस् भन्ने चाहँदैनन् र घरबाहिर हुने काममा सरिक हुनै चाहँदैनन्,’ उनका छोराले जानकारी दिए ।

पेलेले आफ्नो २१ वर्षको करियरमा १ हजार ३ सय ६३ खेलमा १ हजार २ सय ८ गोल हानेर विश्व रेकर्ड राखेका छन् । ब्राजिलका लागि ९१ खेलमा उनले ७७ गोल हानेका छन् ।

फुटबलका बादशाह पेले
फुटबलका बादशाह पेले

 

प्रतिक्रिया