वडाध्यक्ष बरालमाथि पांच सय कुखुरा चोरी गरेको आरोप !

वडाध्यक्ष बरालमाथि पांच सय कुखुरा चोरी गरेको आरोप !


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २८ माघ २०७६
  • 8.8K
    Shares

वडाध्यक्ष शरद बराल

जनताको मत पाएर जनताको सेवामा खटिनुपर्ने जनप्रतिनिधि त्यही जनताको घरको कुखुरा चोर्न पुगे भन्दा अलिक पत्यार लाग्न नसक्छ।  तर लमजुङ जिल्लाको सदरमुकाम बेसीँशहरमा यस्तै घटना भएको छ।

लमजुङको बेसीँशहर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष शरद बरालमाथि कुखुरा चोरीको आरोप लागेको छ। उनले बेसीँशहरस्थित कुखुरा फर्मबाट आइतबार बिहान करिब ७ बजे पाँच सय कुखुरा चोरी गरेको आरोप स्थानीय बासिन्दा सोम बहादुरले लगाएका जनाएका छन् । त्यति मात्र हैन वडाध्यक्ष बराल स्वयमले कुखुरा चोरेको समेत स्वीकारेको समाचार्श्रोताले जानकारी दिएको छ।

प्रहरीले भने यस बारेमा स्पस्ट केही बताएको छैन।  तर आवश्यक नुसंधान भैरहेको जनाएको छ ।

प्रतिक्रिया