डढेलोको धुवाँ छिट्टै पृथ्वीको एक फन्को  घुमेर अस्ट्रेलिया नै पुग्ने

डढेलोको धुवाँ छिट्टै पृथ्वीको एक फन्को  घुमेर अस्ट्रेलिया नै पुग्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ पुष २०७६
  • 3.4K
    Shares

अस्ट्रेलियामा विगत पाँच महिनादेखि फैलिएको डढेलोको धुवाँ छिट्टै पृथ्वीको एक फन्को  घुमेर अस्ट्रेलिया नै पुग्ने अमेरिकी अन्तरिक्ष केन्द्र नासाले जनाएको छ ।

नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र यसले जनवरी ८ सम्म पृथ्वीको आधा फन्को मारेको नासाले उल्लेख गरेको छ ।

नासाका अनुसार डढेलोको अस्वाभाविक रूपका कारण आँधीबेहरी ल्याउंदा धुवाँ आकाशको धेरै माथि पुगेको छ । धुवाँका कारण उत्तर अमेरिकाको आकाशको रङ परिवर्तन भएको र न्यूजील्याण्डमा वायु प्रदुषण बढाएको छ ।

डढेलोका कारण कम्तिमा २८ जनाको मृत्यु भएको छ । सबैजसो राज्यमा तापक्रम ४० डिग्री पुगेको छ । दुई हजार भन्दा बढी घर ध्वस्त भएका छन् । एजेन्सी

प्रतिक्रिया