पोर्चुगलमा दुई नेपालीको मृत्यु

पोर्चुगलमा दुई नेपालीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ पुष २०७६
  • 4.6K
    Shares

समुद्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको ज्यान गएको छ । ज्यान गएकाहरु धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन् ।

पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुन्द्री छालले बगाउँदा बेपत्ता भएका थिए । नौ महिनाअघि पोर्चुगल पुगेका उनीहरुले रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

दुबै शवको अन्त्येष्टि पोर्चुगलमै गर्ने वा नेपाल पठाउने भन्ने निर्णय भई नसकेको तामाङ समाज पोर्चुगलका अध्यक्ष सुनिता ब्लोन तामाङले बताउनुभयो । रासस

प्रतिक्रिया