गरीब र अल्पसंख्यकका बालबच्चा पढ्ने सरकारी स्कुल मास्ने षडयन्त्र

गरीब र अल्पसंख्यकका बालबच्चा पढ्ने सरकारी स्कुल मास्ने षडयन्त्र


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ पुष २०७६
  • 5.5K
    Shares

चण्डिका आधारभूत प्रावि बाटुलेचौर

अस्पताल विस्तार गर्ने भन्दै गरीब तथा अल्पसंख्यकका बालबच्चा पढ्ने एक सरकारी  प्राथमिक बिद्यालय मास्ने षड्यन्त्र शुरु भएको छ।

पोखरा महानगरपालिका वार्ड नंं १६ बाटुलेचौरमा रहेकॊ मातृ शिशु मितेरी अस्पताल बिस्तार गर्ने नाममा स्थानिय गरीब तथा अल्पसंख्यक जनताका बालबालिका पढ्ने चण्डिका आधारभूत विद्यालय मास्ने षड्यन्त्र शुरु भएको हो।

२०४६ सालमा स्थापना भएको त्यस बिद्यालयमा अहिले ८६ जना गरीब तथा अल्पसंख्यक गन्धर्व समुदायका जनताका वालवालिका पढ्दै आएका छन्।  तर त्यस बिद्यालय नजिकै रहेको मातृ शिशु मितेरी अस्पताललाई थप जग्गा चाहिएको भन्दै त्यही बिद्यालयको जग्गा हडप्न ठुला ठुला षड्यन्त्रहरु शुरु भएका छन्।

स्थानिय समुदायको इच्छा विपरित उक्त विद्यालयको जग्गा मातृशिशु मितेरी अस्पतालले अस्पताल विस्तार गर्ने भन्दै कव्जा गर्न जोर जुलुम गर्दै आएको भन्दै स्थानियले गुनासो गरेका छन् ।

गत वैशाखदेखि नै चण्डिका आधारभूत विद्यालयको जग्गा कव्जा गर्न अर्को नजिकै रहेको अर्को बिद्यालय विन्ध्यवासिनी मा.वि. वाटुलेचौरमामा मिलाउने कोशिश गरिएको थियो।  तर विन्ध्यवासिनी मा.वि. व्यवस्थापन समितिले त्यस प्रस्ताव अस्वीकार गरेको थियो।  त्यसपछि पनि त्यस चण्डिका आधारभूत विद्यालयलाई पोखरा-१६ सुन्दरफिडको दिव्यज्योति प्राविमा गाभ्ने पहल गरिएको थियो।  तर वाटोको मापदण्डले खाने दिव्य ज्योती पनि अनुकूल हुन सकेन र बिद्यालय गाभ्ने योजना विफल भयो।

चण्डिका आधारभूत विद्यालय गाभ्ने योजना विफल भएपछी चण्डिकाको जग्गा नै  हत्याउने योजना गरिएको बताइएको  छ ।चण्डिका आधारभूत विद्यालयको जग्गा हडप्न स्थानिय जनप्रतिनिधि, प्रादेशिक सांसद र स्वयम् प्रादेशिक सामाजिक विकास मन्त्रालय पनि लागि परेको छ ।

२०७६ वैशाख ११ गते मन्त्रालयले पोखरा महानगरपालिकाका प्रमुख मान वहादुर जिसीलाई च.नं. १५९२ को पत्र लेखि चण्डिकाका विद्यार्थीलाई विन्ध्यवासिनी मा.वि.मा स्थानान्तरण गरी चण्डिका प्राथमिक विद्यालयले चर्चेको जग्गा उपलव्ध गराइदिन अनुरोध गरेको थियो । बिद्यालय नै हटाउने कुरामा तत्कालिन बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष होम वहादुर थापाको नेतृत्वको समितिले असहमती जनाएपछि बिद्यालय गाभ्ने योजना कार्यान्बयन हुन् सकेको थिएन।  त्यति मात्र हैन स्थानिय जनता त्यस बिद्यालयलाई अन्य बिद्यालयमा गाभ्ने पक्षमा देखिएका छैनन्।

पोखरा-१६, अम्वरेका अधिकांस जनता स्कूल मास्ने पक्षमा नरहेको वताउँछन्। गरिव दुखिका छोराछोरी पढ्ने यो स्कूललाई अव विस्तार गरेर कक्षा थप गर्दै लैजानु पर्नेमा जोड दिन्छन् । त्यति मात्र हैन अंग्रेजी माध्यममा गुणस्तरिय शिक्षा दिदै खेलकुद मैदानको सदुपयोग गर्ने वारे सोच उनीहरुको छ।

व्यवस्थापन समिति नै फेरियो

सामाजिक विकसा मन्त्रालयको पत्रको माग वमोजिम चण्डिका आधारभूत विद्यालयको जग्गा अस्पताललाई नदिने पक्षमा रहेको होम वहादुर थापा नेतृत्वको बिद्यालय ब्यबस्थापन समिति लाइ भंग गरेर अहिले अनिरुद्र थापाको नेतृत्वमा नया बिद्यालय ब्यबस्थापन समिति गठन गरिएको छ।  होम बहादुर थापाको समितिको कार्यकाल एक वर्ष वाँकी छदै उनलाई हटाएर अनिरुद्र थापालाई नयाँ बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष वनाइएको खबर छ।

अनिरुद्र थापा नेतृत्वको नयाँ बिद्यालय ब्यबस्थापन समितिले विद्यालयको हित विपरित आफ्नो स्वामित्वको जग्गा अस्पताललाई उपलव्ध गराउने निर्णय गरेको प्राप्त समाचारमा जनाइएको छ ।

मातृशिशु मितेरी अस्पतालको मिति २०७६ मंसिर १७ गते च.नं. २२३ को पत्रमा माग गरिए वमोजिम बिद्यालय ब्यबस्थापन समितिले अस्पताललाई जग्गा उपलव्ध गराउने निर्णय गराएका छन् ।

विद्यालयको स्वामित्वमा रहेको सरकारी जग्गा माग गर्ने वित्तिकै अर्को कार्यालयलाई उपलव्ध गराउने सर्त अनुकुल हुने गरी गठित नयाँ बिद्यालय ब्यबस्थापन समितिको उक्त निर्णय पूर्व नियोजित र गैह्रकानूनी रहेको पोखरा महानगर शिक्षा महाशाखा प्रमुख गंगा वहादुर गुरुङ वताउँछन् । सरकारी विद्यालयको नामको जग्गा अरुले माग्ने वित्तिकै दिने अधिकार विद्यालय व्यवस्थापन समितिलाई नरहेको गुरुङले वताए ।

चण्डिकाको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिरुद्र थापाले आफ्नो विद्यालयको जग्गा अस्पताललाई उपलव्ध गराउने निर्णय गराउँदा सम्पूर्ण कानूनी हैसियत र आफ्नो पदिय दायित्व भुलेका छन् । स्थानिय व्यक्तिहरु, ८६ जना विद्यार्थीको अभिभावक, राज्यका सरोकारवाला निकाय कतै परामर्श समेत नलिई एकलौटी निर्णय लिएका छन् ।

सरकारी विदालयको जग्गा स्वास्थ्यलाई दिदाँ लामो प्रकृया छ । अंश को जग्गा विक्री गरेझै गरी दवाव र प्रभावमा पारी निर्णय गराइएको खुल्न आएको छ । विद्यालयका प्रधानाध्यापक बिद्यालय ब्यबस्थापन समितिको सदस्य सचिव सृजना शर्मा सिग्देल लाई दवावमा पारेर शिक्षक कर्मचारी र राज्यको तालुक अड्डासँग छलफल र कानूनी परामर्श समेत गर्न नदिई निर्णइ पुस्तिकामा हस्ताक्षर गर्न लगाइएको खुल्न आएको छ ।

प्रधानाध्यापक सिग्देलले आफूले वैठकमा उठेको जग्गा उपलव्ध गराउन मिल्ने नमिल्ने वारे छलफल गरेर वुझेर मात्र अघि वढ्ने कुरा राख्दा समितिले केहि वुझिरहनु पर्दैन भन्दै सहि गर्न लगाएका थिए ।

हस्पिटलको स्तरवृद्धि गर्ने कार्य आवश्यक र उचित भए पनि त्यसको लागि जग्गा प्राप्त गर्ने प्रकृया वल मिचाइवाट नभई कानूनी प्रकृयाबट गरिनु पर्छ । आम सर्वसाधारण र गरिव दुखिका छोरा छोरी पढ्ने विद्यालय मास्ने, उखाल्ने हैन वलियो व्यवस्थित र गुणस्तरिय शैक्षिक केन्द्र वनाउन केन्द्रित हुनु पर्छ ।

प्रतिक्रिया