बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ।
रुपन्देहीको रोहिणी गाउँपालिका – ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया – ४ स्थित आफ्नो घरतर्फ हिंडेका ४० वर्षीय महेन्द्र कुर्मी अज्ञात समूहले गोलि हानि हत्या गरेर रकम लुटेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका कुर्मीलाई पच्छाउँदै आएको समूहले गोली हानेर ५ लाख रुपैयाँ लुटेको जानकारी दिए ।
गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले बताएको छ ।