अन्तराष्ट्रिय एलम्नस अवार्ड २०१९ यस पटक कास्कीको मादी गाउपालिका सिक्लेसका संरक्षणविद् डा. हुमबहादुर गुरुङले प्राप्त गरेका छन ।
उनी यो अवार्ड प्राप्त गर्ने पहिलो नेपाली हुन् ।
संरक्षण क्षेत्रमामा डा. गुरुङले गरेको योगदानको आधारमा अष्ट्रेलियाको गि्रफिट विश्वविद्यालयले यस अवार्डबाट सम्मान गरेका थियो ।
डा गुरुङले सहभागितामुलक अनुसन्धान र समुदायमा आधारित पद्दतिहरु, वातावरण शिक्षा, दिगो विकास, जलवायु परिवर्तन, जैविक विविधता, दिगो पर्यटन व्यवस्थापनमा अध्ययन, अनुसन्धान गरेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पंछी संरक्षण संघ लगायतका विभिन्न संघ संस्था हुँदै डा गुरुङ हाल बर्डलाईफ इन्टरनेशनल मलेशियाका क्षेत्रीय परियोजना अधिकृतको रुपमा कार्यरत छन्।
गुरुङले १४५ देशका २ लाख प्रतिशपर्धीबाट सो अवार्ड प्राप्त गरेका हुन् ।