पत्रकार हमालको रिहाईका लागि नेपाल पत्रकार महासंघद्धारा सर्वोच्चमा रिट दायर

पत्रकार हमालको रिहाईका लागि नेपाल पत्रकार महासंघद्धारा सर्वोच्चमा रिट दायर


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ८ भाद्र २०७६
  • 12.5K
    Shares

पत्रकार ओम हमाललाई रिहाईको लागि सर्वोच्च अदालतमा रिट दायर भएको छ । जनसंचार डटकमका संचालक एवम् सम्पादक तथा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हमाललाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको थियो ।

पक्राउ परेका पत्रकार हमाललाई नेपाल पत्रकार महासंघ,जनपत्रकार संगठन नेपाल,फोटो पत्रकार महासंघ, युवा पत्रकार संगठन गण्डकी लगायत संघ-संगठनहरुले विरोध जनाइरहेको छन् ।

पत्रकार हमाललाई नेकपाका कास्कीका इन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’ सँगै प्रहरीले शुक्रबार गिरफ्तार गरेको हो । हमाल अन्तरवार्ताको लागि रुपेश भएको ठाउँमा पुगेको बेला रुपेससँगै हमाललाई प्रहरीले गिरफ्तार गरेको थियो ।

पत्रकारिता जगतमा लामो समय देखि निरन्तर,भ्रस्टचार अन्याय र बेथितिका बिरुद्द कलम चलाउन खरो स्वभावका पत्रकार हमाल लामो समयदेखि पोखरामा क्रियाशिल छन् ।

पत्रकारिता क्षेत्रमा खटिएका हमालले थुप्रै राष्ट्रिय र अन्तरास्ट्रिय मिडियाहरुमा काम गरेका छन् । पोखराका आदर्श समाज,जनमत जस्ता पत्रिकाको सस्थापक पत्रकारको रुपमा काम गरि सकेका उनले कमान्डर पोस्ट रास्ट्रिय दैनिक,पोखरा सिटिटाइम्स जस्ता पत्रिका देखि लिएर नेपालवान टेलिभिजन, नियुज ट्वान्टी फोर, तराइ टिभी, जनता टेलिभिजन लगायतका थुपै मिडियाहरुमा काम गरिसकेका छन् ।

नेपाल पत्रकार महासंघको निर्णयअनुसार आइतबार (आज) सर्वोच्च अदालतमा रिट दायर गरेको हो । महासंघले रिट निवेकदको लागि केन्द्रीय सदस्य जन्मदेव जैसीलाई अख्तियारी दिएको छ ।

प्रतिक्रिया