जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाल पक्राउ परेका छन् । कास्की प्रहरीले शिशुवाबाट शुक्रबार पक्राउ गरेको जनाइएको छ ।
पत्रकारिता जगतमा लामो समय देखि निरन्तर,भ्रस्टचार अन्याय र बेथितिका बिरुद्द कलम चलाउदै आएका पत्रकार हमाललाइ आज कास्की प्रहरीले पक्राउ गरेको हो ।
उनि जनपत्रकार पत्रकार संगठनका केन्द्रिय सदस्य तथा गण्डकी-धौलागिरी संयोजक हुन् ।गिरफ्तारी पछि जनपत्रकार संगठन नेपालका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रेले रिहाइको माग गरेका छन् । डुम्रेले भनेका छन् ‘पक्राउ पत्रकार हमलाको रिहाइको माग गर्दछौं ।’
उनिहरुलाई बाटोमा हिडिरहेका बेला कास्कीको लेखनाथ बाट पक्राउ गरिएको कास्की प्रहरीको भनाई छ ।