काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार उपचारका लागि सिंगापुर आनुअघि बसेको नेकपा सचिवालय बैठक‘अप्रिय’ बन्यो । बैठकमा ठोस एजेन्डाबारे छलफल नभएको भन्दै माधवकुमार नेपालले बैठक अस्विकार गरेका थिए ! नेपालले बैठक अस्विकार गरेको भन्दै प्रधानमन्त्री केपि शर्मा वलि र नेपाल बीचको चर्काचर्कीका कारण अरु विषयले प्रवेश नै पाउन सकेन । सहभागी एक नेताका अनुसार संवाद यतिसम्म तल पुग्ने कि नेपालले ‘स्वाथ्य लाभको कामना छ’ भन्दा प्रधानमन्त्रीले ‘तपाईँको स्वस्थ्य लाभको कामना चाहिएन’ भन्दै अस्वीकार गरे ।पार्टीका गत शुक्रबार र आइतबारको बैठकका निर्णयलाई लिएर नेता नेपालले सातबुँदे लिखित असहमति राखेका थिए । बिहीबारको बैठकमा त्यही लिखित असहमति र त्यसपछि नेताहरुबीच उत्पन्न तरंगले प्रवेश पायो । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।
सन्ततोष योञ्जन तामाङ