त्रिवि पदाधिकारीमा खुला प्रतिस्पर्धाबाट विज्ञहरु नियुक्त गर्न क्रान्तिकारीको माग, माफिया नियुक्त भए बहिस्कार गर्ने

त्रिवि पदाधिकारीमा खुला प्रतिस्पर्धाबाट विज्ञहरु नियुक्त गर्न क्रान्तिकारीको माग, माफिया नियुक्त भए बहिस्कार गर्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३ भाद्र २०७६
  • 6.3K
    Shares

अखिल क्रान्तिकारी त्रिवि इकाईको बिज्ञप्ति

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले विभुवन विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट विज्ञहरुलाई नियुक्त गर्न माग गरेको छ । अखिल क्रान्तिकारी विभुवन विश्वविद्यालय इकाईले आज एक विज्ञप्ति जारी गरेर यस्तो माग गरेको हो।

त्रिवि इकाई अध्यक्ष मदन चापागाईद्वारा जारी बिज्ञप्तिमा त्रिविका पदाधिकारी नियुक्ति विगतमा झै भागबण्डाको आधारमा सरकारी दलका कार्यकर्ता भर्ती केन्द्र बनाउन नहुने भन्दै  राजनीतिक भागबण्डाका आधारमा राजनीतिक दलका कार्यकर्ता नियुक्त भए बहिस्कार गर्ने चेतावनी दिइएको छ ।

विशुद्ध प्राज्ञिक क्षेत्रमा सरकारको नांगो हस्तक्षेप हुनु र पदाधिकारी नियुक्तिमा सरकारी दलका माफिया र राजनीतिक दलको भागबण्डाका कुरुप बिम्बहरु बाहिर आउँदासम्म अखिल क्रान्तिकारी मुखदर्शक बनेर बस्न नसक्ने बताउंदै बिज्ञप्तिमार्फत अध्यक्ष चापागाईले खुला प्रतिस्पर्धा र विज्ञताको आधारमा पदाधिकारी नियुक्त गर्न जोडदार माग गरेका छन् ।

यसैबीच अखिल क्रान्तिकारीको कैलाली जिल्ला सम्मेलन आयोजक समितिले सरकारद्धारा विद्यार्थीसंगठनका नेताकार्यकर्तामाथि गरिएको गिरफतारी, दमन, धरपकड, अपरहण, वेपत्ता जस्ता क्रियाकलापको भण्डाफोर गर्ने भएको छ । नेपालका लाखौं विद्यार्थीहरुको हकहितकालागि महान् सहिदहरुले देखाएको बाटोमा बलिदानी दिने प्रतिबद्धता व्यक्त गर्दै क्रान्तिकारीले सरकारी दमनको भण्डाफोर गर्दै संघर्ष संचालन गर्ने जनाएको हाे ।

प्रतिक्रिया