शिर्षस्थ नेताहरु ओली, प्रचण्ड र देउबालाई ‘काट्छु’ भन्ने मैनाली पक्राउ

शिर्षस्थ नेताहरु ओली, प्रचण्ड र देउबालाई ‘काट्छु’ भन्ने मैनाली पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३ भाद्र २०७६
  • 7.1K
    Shares

सागर मैनाली

सामाजिक सञ्जाल फेसबुक मार्फत नेताहरुलाई गाली गर्दै खुकुरी देखाएर काट्छु भन्ने बारा सिमराका २८ वर्षीय सागर मैनाली पक्राउ परेका छन् । भिडियोमार्फत प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अपशब्द बोल्दै काट्ने धम्की दिएका सागर मैनाली पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले उनलाई मंगलबार बाराबाट पक्राउ गरेको हो । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई समर्थन गर्दै उनले नेतालाई अपशब्द बाेलेपछि पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

लामिछानेलाई फसाएर ठूलो गल्ति गरेको भन्दै उनले नेताहरुलाई गाली गर्दै काट्ने धम्कीसहितको भिडियो पोस्ट गरेका थिए ।

पक्राउ परेका मैनालीविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुने प्रहरीले जानकारी दिएको छ । पक्राउ परेपछि प्रहरी अधिकृतसँग उनले आफूलाई त्यसको नतिजाबारे थाहा नभएकाले गल्ती गरेको बताएका छन् ।

यसअघि काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीलाई गाली, गलौज गरेको आरोपमा पक्राउ परेका व्यक्ति माफी मागेर छुटेका थिए ।

प्रतिक्रिया