संचारकर्मी रबि लामिछाने लगायत तीनजनालाई थप पांच दिन थुनामा राख्न अदालतको अनुमति

संचारकर्मी रबि लामिछाने लगायत तीनजनालाई थप पांच दिन थुनामा राख्न अदालतको अनुमति


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३ भाद्र २०७६
  • 7.4K
    Shares

चितवन जिल्ला अदालत

जिल्ला अदालत चितवनले न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रबि लामिछाने, टिभी जर्नालिस्ट युवराज कंडेल र स्टाफ नर्स रुकु भन्ने अस्मिता कार्कीलाई थप पांच दिन थुनामा राख्न अनुमति दिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले आज जिल्ला सरकारी वकिलको कार्यालयमार्फत पत्रकार रवि लामिछानेसहित तीन जनालाई थप १० दिन म्याद थप गर्न माग गरेको थियो। अदालतले प्रहरीको मागलाई स्वीकार गर्दै थप अनुसन्धानका लागि पांच दिन म्याद थप गरेको हो।

यस अघि पनि उनीहरुलाई पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पाँच दिन म्याद थप गरिएको थियो।

उनीहरुमध्ये पत्रकार कार्यक्रम प्रस्तोता रबि लामिछाने र टिभी जर्नालिस्ट युवराज कंडेललाई गएको बिहिबार काठमाण्डौको पानीपोखरीस्थित न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेर चितवन ल्याईएको थियो।

पत्रकार पुडासैनीको पोष्टमार्टम रिपोर्ट आइसकेको र  रिपोर्टमा पत्रकार पुडासैनीकोे आत्महत्या कै कारण ज्यान गएको उल्लेख गरिएको छ । पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू मर्न बाध्य भएको बताएकाले प्रहरीले तीनै जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया