सिंहदरबारभित्रको योजना आयोगको कार्यालयमा सुब्बा केसी मृत भेटिए

सिंहदरबारभित्रको योजना आयोगको कार्यालयमा सुब्बा केसी मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३ भाद्र २०७६
  • 7.7K
    Shares

राष्ट्रिय योजना आयोगको कार्यालय

चितवनमा पत्रकार सालिकराम पुडासैनीको मृत्युका बारेमा चर्काचर्की चलिरहेका बेला मुलुककै मुटु प्रशासकीय भवन सिंहदरबारभित्रको एक सरकारी कार्यालयभित्र एक नायब सुब्बा मृत फेला परेका छन्।

सिंहदरबारभित्र रहेको राष्ट्रिय योजना आयोगको कार्यालय कार्यालयस्थित अनुगमन तथा मूल्यांकन महाशाखाको सभाहलमा नायब सुब्बा बच्चु केसी मृत भेटिएका हुन् ।

सुब्बा बच्चु केसी कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् । शव भेटिएको स्थानमै सेल्फस नामक विषादीको बट्टा पनि भेटिएकोले उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका छ ।

उनले किन आत्महत्या गरे भन्ने बारेमा कुनै कुरा खुलेको छैन।  प्रहरीले यस बारेमा आबस्यक छानबिन चलिरहेको बताएको छ।

सिंहदरबारमा मृत भेटिएका नायब सुब्बा बच्चुराम केसी सोमबार राति ११ बजे कार्यालय प्रवेश गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। साँझ ५:२७ बजे निस्केर पुनः राति ११ बजे छिरेको सीसीटीभी फुटेजमा देखिएको छ।

केसी भुईँमा डल्लो परेर लडेको अवस्थामा देखिएकोमा टेबलमा केरा र बट्टाहरू भेट्टीएको बताइएको छ।

प्रतिक्रिया