पुर्वयुवराज पारसद्वारा त्रिभुवन अन्तररास्ट्रिय विमानस्थलमा जुनियर प्रहरी अधिकृतमाथि दुर्ब्यबहार

पुर्वयुवराज पारसद्वारा त्रिभुवन अन्तररास्ट्रिय विमानस्थलमा जुनियर प्रहरी अधिकृतमाथि दुर्ब्यबहार


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १ भाद्र २०७६
  • 10.4K
    Shares

पारस शाह

पटक पटक बिबादमा आइरहने पुर्व युवराज पारस शाह फेरी बिबादमा तानिएका छन्।  आज दिउँसो त्रिभुवन अन्तररास्ट्रिय बिमानस्थलमा ड्युटीमा रहेका एक जुनियर प्रहरी अधिकृतमाथि दुर्ब्यबहार गरेकाकारण उनी फेरी बिबादमा आएका हुन्।

पुर्व युवराज पारस शाह आमा पूर्व रानी कोमल शाहलाई बैंकक पठाउनका लागि बिदाइ गर्न आफ्नो छोरा र भान्जासहित बिमानस्थल पुगेका थिए।

आफ्नो छोरा पुर्व युवराज हृदयेन्द्र शाह र भान्जालाई अपमान गरेको भन्दै पुर्व युवराज पारस शाहले आज दिउँसो त्रिभुवन अन्तररास्ट्रिय बिमानस्थलमा ड्युटीमा रहेका प्रहरी नायब निरिक्षक (सई)लाई दुर्ब्यबहार गरेका थिए।  उनले ती प्रहरीका जुनियर अधिकृतलाई छातीमा समातेर धकेलेका थिए। उनले ती अधिकृतलाई फर्की फर्की दुर्ब्यबहार गरेका थिए।

उता पूर्व राजपरिबारका सदस्यहरु बिमानस्थलमा पुग्दा राजावादीहरुले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए।  उनीहरुले राजा औ देश बजाउ” लगायतका नाराहरु लगाएका थिए।

प्रतिक्रिया