लिभिङ्ग टुगेदरमा बसेका प्रहरी जवान मृत भेटिएपछि प्रेमिका पक्राउ

लिभिङ्ग टुगेदरमा बसेका प्रहरी जवान मृत भेटिएपछि प्रेमिका पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १ भाद्र २०७६
  • 6K
    Shares

लिभिङ्ग टुगेदरमा प्रहरी जवान मृत भेटिएपछि प्रहरीले प्रेमिकालाई पक्राउ गरेको छ। काठमाडौंको स्वयम्भू वृत्तमा कार्यरत प्रहरी जवान शंकर ठगुन्ना डेराकोठामा मृत भेटिए पछि उनकी प्रेमिकालाई प्रहरीले पक्राउ गरेको हो।  प्रहरीले पक्राउ गरिएकी प्रेमिकाको नाम खुलाएको छैन।

दार्चुला घर भएका २० वर्षीय प्रहरी जवान ठगुन्ना काठमाण्डौको नागार्जुन नगरपालिका–३ स्वयम्भूमा १५ महिनादेखि ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका थिए।  ठगुन्ना शनिबार राति कोठामा मृत भेटिएका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीका अनुसार, गएराति १ः३० बजे उनै महिलाले ठगुन्ना झुण्डिएको अवस्थामा भेटिएको भन्दै प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी घटनास्थलमा पुग्दा डोरी काटेर शव भुइमा भेटिएकाे थियाे ।

सामान्य विवादपछि ठगुन्नाकाे मुक्का प्रहारबाट आफू लडेको र लडेको एकछिन पछि उठेर हेर्दा प्रेमी ठगुन्ना झुण्डिएको देखेको महिलाले प्रहरीसँग बयान दिएकी छन् ।

मृत ठगुन्नाको शव पोस्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पतालमा राखिएको बताइएको छ ।

प्रतिक्रिया