जनपत्रकार संगठन नेपालकी कोषाध्यक्ष चौधरीलाई गिरफ्तार गर्ने असफल प्रयास , पत्रकारहरुको ससक्त प्रतिवादले गिरफ्तारी प्रयास विफल

जनपत्रकार संगठन नेपालकी कोषाध्यक्ष चौधरीलाई गिरफ्तार गर्ने असफल प्रयास , पत्रकारहरुको ससक्त प्रतिवादले गिरफ्तारी प्रयास विफल


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २५ साउन २०७६
  • 6.5K
    Shares

जानकी चौधरी

दाङ। नेपाल पत्रकार महासंघले आयोजना गरेको र महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य लगायत पदाधिकारी सम्मिलित कार्यक्रमबाट बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष तथा दाङ सन्देश अनलाइनका सम्पादक जानकी दहित चौधरीलाई प्रहरीले गिरफ्तार गर्ने असफल प्रयास गरेको छ।

नेपाल पत्रकार महासंघ प्रदेश ५ स्तरिय कार्यशाला गोष्ठी कार्यक्रममा सहभागी हुन पत्रकार महासंघ दाङको कार्यलयमा पुगेकी पत्रकार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिने असफल  प्रयास गरेको हो ।

उनलाई गिरफ्तार गर्न ठुलो संख्यामा सादा पोशाकका सुराक्षाकर्मी परिचालित भएको देखेपछि कार्यक्रममा सहभागी पत्रकारले सशक्त प्रतिबाद गरेका थिए।  सोही कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघका अध्यक्षा गोबिन्द आचार्य लगायतका पदाधिकारीले पत्रकार जानकी चौधरीलाई गिरफ्तार गरिए आफुहरु जिल्ला प्रसासन र प्रहरी कार्यालय अघि ‘उनको रिहाई र प्रहरी हस्तक्षेपको बिरोध’ गर्दै धर्ना बस्ने चेताबनी दिएका थिए।

उपस्थित पत्रकार र नेपाल पत्रकार महासंघका पदाधिकारीहरुको ससक्त प्रतिबाद्पछी गिरफ्तारीको अन्तिम तयारी गरिरहेको प्रहरी पछि हटेको थियो।  त्यसपछि नेपाल पत्रकार महासंघका पदाधिकारीले पत्रकार जानकी चौधरीलाई महासंघको भवनमा ल्याएर सुरक्षित साथ् राखेको थियो।  नेपाल पत्रकार महासंघको दाङस्थित कार्यालयमा करीब डेढ घण्टा बिताएपछि पत्रकार चौधरीलाई साँझ सुरक्षित स्थानसम्म पुर्याइएको थियो।

यसैबीच, जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले संगठनका केन्द्रीय कोषाध्यक्ष चौधरीलाई गरेको हस्तक्षेप र नियन्त्रण प्रयास प्रति खेद प्रकट गरेका छन् । उनले पत्रकार महासंघको कार्यक्रममा सहभागी हुन पुगेकि आफ्नो संगठनकी  कोषाध्यक्ष जानकी चौधरीलाई प्रहरीले नियन्त्रणमा लिने असफल प्रयास गर्नुलाई ” प्रेस स्वतन्त्रता माथि हमला” को संज्ञा दिएका छन् । उनले शुक्रबार साँझ नै एक प्रेस बिज्ञप्ति प्रकाशित गरी सरकारले विचार र अास्थाका अाधारमा पत्रकारलाई धरपकड र गिरफ्तार गरेको प्रति कडा अाक्रोस प्रकट गर्दै प्रेस विरोधी हर्कत तत्काल बन्द गर्न चेतावनी दिएका छन् ।

प्रतिक्रिया