ससुरा पूर्वराजाको पुस्तक विमोचन गर्दै पूर्व युवराज्ञी हिमानीले यस्तो भनिन

ससुरा पूर्वराजाको पुस्तक विमोचन गर्दै पूर्व युवराज्ञी हिमानीले यस्तो भनिन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ साउन २०७६
  • 5.8K
    Shares

हिमानी शाह

पूर्व युवराज्ञी हिमानी शाहले हिमानी ट्रष्टको ‘दैवी उद्धार कोष’मा सहयोग गरिदिन सार्वजनिक अपिल गरेकी छन् । आइतबार कोषको कार्यालय बालुवाटारमा पूर्वराजा ज्ञानेन्द्र शाहको पुस्तक ‘सन्देश संग्रह’ विमोचन गर्दै उनले दैवी प्रकोपहरुमा देशवासीहरुको उत्तिकै सहयोग र सद्भाव आवश्यक पर्ने बताएकी हुन्।

‘हिमानी कोषले ‘दैवी उद्धार कोष’ खडा गरी भैपरी आउने समस्याहरुमा तत्काल सहयोग गर्ने उद्देश्यले ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव’ द्वारा आफ्नो सन्देशहरु संगृहीत पुस्तकहरुको बिक्री वितरणबाट प्राप्त रकम कोषमा जम्मा गर्ने उद्देश्य राखेका छौं ।’ विज्ञप्तिमा उल्लेख छ। कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहले ५ सय प्रति पुस्तक सहयोग गरेको पनि उनले बताइन् ।
हिमानी कोषले यसअघि औरहीको अग्निपीडित, महेन्द्रनगर र सुर्खेतका बाढीपीडित बारा पर्साका हुरीपीडित राहत वितरण गर्नुका साथै २०७२ को विनाशकारी भूकम्पमा पनि राहत वितरण गरेको थियो।

पूर्व युवराज्ञी हिमानी शाहर छोरी पूर्णिका शाह
पूर्व युवराज्ञी हिमानी शाहर छोरी पूर्णिका शाह

हिमानी शाह
हिमानी शाह
पूर्व युवराज्ञी हिमानी शाहर छोरी पूर्णिका शाह
पूर्व युवराज्ञी हिमानी शाहर छोरी पूर्णिका शाह

पत्रकार सम्मेलनमा पूर्व युवराज्ञी हिमानी निकै आकर्षक देखिएकी थिइन् । उनले पत्रकारहरुसंग जम्माजम्मी ६ मिनेट समय बिताएकी थिइन् । कार्यक्रममा हिमानीपुत्री पूर्णिका पनि उपस्थित थिइन्।

प्रतिक्रिया