चिनियाँ रक्षा मन्त्रीले खुल्लमखुल्ला अमेरिकालाई दिए यस्तो चेतावनी

चिनियाँ रक्षा मन्त्रीले खुल्लमखुल्ला अमेरिकालाई दिए यस्तो चेतावनी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ जेष्ठ २०७६
  • 7.6K
    Shares

defence minister of china

चिनियाँ रक्षामन्त्री वेई फेन्घे (Wei Fenghe) ले सिंगापुरमा एक कार्यक्रमलाई संबोधन गर्दै ताईवान र साउथ चाईना सी सम्बन्धी विवादमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएका छन् ।

अमेरिका र चीनबीच युद्द भए विश्वभरि बिपत्ति आइलाग्ने भन्दै उनले यसबारे सतर्क रहन अमेरिकालाई सम्झाएका छन् ।

ताईवानमा अमेरिकाको क्रियाकलाप क्षेत्रिय अस्थिरता निम्ताउन केन्द्रित रहेको उनको आरोप छ ।

आफूविरुद्ध आक्रमण नभएसम्म कुनै पनि मुलुकमा प्रत्याक्रमण नगर्ने आफ्नो नीति रहेको उद्रित गर्दै उनले चीन र ताईवानबीचको सम्बन्धमा कसैले हस्तक्षेप गर्न खोजे त्यसविरुद्ध लडाई लड्ने बताए ।

चीनको स्वशासित क्षेत्र ताइवानमा अमेरिकाले नौसेनाका लागि सवारी साधन लगायत सहयोग बढाएपछि बेइजिङ रुष्ट बनेको हो ।
साउथ चाईना सीमा अमेरिकी गतिविधिले क्षेत्रीय तनावको अवस्था सिर्जना गरेको चिनिँया अधिकारीले आरोप लगाएका छन् ।
अमेरिकाकी रक्षामन्त्री प्याट्रिक सनाहनले सिंगापुरमा आयोजना भएको अन्तर्राष्ट्रिय फोरममा एसियामा चीनको वयवहारलाई नसहने बताउनुभएको थियो । साउथ चाईना सिमा चीनले सुरु गरेको अस्थिरताले ताईवान समेत प्रभावित भएको अमेरिकी रक्षामन्त्रीको भनाईको चीनले खण्डन गरेको हो।

 

 

प्रतिक्रिया