बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता-कार्यकार्ताहरु खोजी गर्न काभ्रे पुगेको प्रहरीटोलीले चारजना ने.क.पा.काकार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । प्रहरीको गिरफ्तारीमा पर्नेहरुमा झापाका शिव धिताल, दाङका नृपबहादुर विक, भोजपुरका डिकेन्द्र राई र सिन्धुपाल्चोकका विशाल तामाङलाई रहेको समाचार स्रोतले जानकारी दिएको छ । उनीहरुलाई काभ्रेको रोशी गाउँपालिका काफ्लेडाँडाबाट गिरफ्तार गरिएको बताइएको छ ।
ने.क.पा.का कार्यकर्ताहरुसंग विप्लव समूहसँग गोली हानाहान भएपछि गरिएको सर्च अभियानको क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । गोली हानाहान भने पनि गिरफ्तारीमा परेका ने.क.पा.का ती नेता तथा कार्यकार्ताहरु कोही पनि घाइते नरहेको प्रहरीस्रोतलाई उल्लेख गर्दै अनलाइनखबरले जानाकाऱी दिएको छ ।
काभ्रेबाट पक्राउ परेकाहरु मध्य कमाण्डका कमाण्डरहरु रहेको प्रहरीको दाबी छ । उनीहरुलाई काठमाडौं ल्याइसकिएको छ । काभ्रेबाट पक्राउ परेकाहरु मध्य कमाण्डका कमाण्डरहरु रहेको प्रहरीको दाबी छ ।
विप्लव समूहका नेता कार्यकर्ता रहेको सूचना पाएपछि मंगलबार राति महानगरीय अपराध अनुसन्धान महाशाखा महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर नेतृत्वको प्रहरी टोली काभ्रेमा पुगेको थियो ।
उनीहरुलाई फलो गर्ने क्रममा प्रहरीमाथि गोली चलाएपछि दोहोरो फायरिङ भएको प्रहरी पक्षको भनाइ छ । काभ्रे घटनाबारे विप्लव समूहबाट भने अहिलेसम्म कुनै धारणा बाहिर आएको छैन ।
यसअघि २८ फागुनमा बसेको मन्त्रिपरिषदको बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता नेपाल प्रहरीले विप्लव समूहका नेता कार्यकर्तालाई जहाँ भट्यो, त्यहीँ पक्राउ गर्ने नीति लिएको छ ।