आफ्नो पार्टीलाई अपराधी ठहर गर्दै वर्तमान फाँसीवादी सामाजिक दलाल सत्ताले प्रतिबन्ध लगाएको घोषणा गरे लगत्तै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारी घोषणा को प्रतिवाद गर्ने बताएको छ ।
विप्लव नेतृत्वको पार्टी नेकपाका केन्द्रीय कार्यालय सचिव भेषराज भुसालले काठमाण्डौस्थित एक संचार माध्यमसंग कुरा गर्दै सरकारी घोषणाको प्रतिवाद गर्ने बताए । उनले अघि भने, ‘सरकारले आज गरेको निर्णले जनताको सिमित अधिकारमाथि नांगो हस्तक्षेप र षड्यन्त्र गर्यो । पार्टीले यसको प्रतिवाद गर्छ ।’
नेता भुषालले सरकारको यो निर्णयले जनताको पक्षमा लडिरहेको नेकपालाई कुनै असर नगर्ने दावी गरे । उनले जनताको पक्षमा लडिरहने प्रतिवद्धता पनि जनाए ।
उता नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य एबम जनवर्गीय संगठन ब्युरो इन्चार्ज जिवन्तले पनि आफ्नो पार्टीले सरकारी घोषणाको कडा प्रतिवाद गर्ने बताएका छन् । उनले अघि भनेका छन्, “‘सामाजिक फासीवादी दलाल केपी–प्रचण्ड सरकारले जनताको पार्टी ने.क.पा.माथि प्रतिबन्ध लगाएर मुलुकलाई द्वन्द्वमा पुर्यायो l यसबाट सरकार पार्टीमाथि दमनमा उत्रने बाटो खुलेको छ, अब पार्टीले कडा प्रतिवाद गर्छ ।’
उनले आफ्नो पार्टीलाई प्रतिबन्ध लगाउने सरकारी निर्णय महंगो पर्ने दाबी गरे । तर कति र कस्तो महँगो पर्ने हो प्रस्ट पारेनन् । मुलुकलाई द्वन्द्वमा धकेलेको वर्तमान जनघाती एबम रास्ट्रघाती सामाजिक फाँसीवादी दलाल सरकारका बिरुद्ध कडा र सशक्त प्रतिवाद गर्नुको बिकल्प नरहेको दाबी गर्दै उनले आफ्नो पार्टीको नेतृत्वमा प्रतिवाद हुने स्पस्ट पारे
ने.क..पा.को परिवर्तनकारी राजनीतिक कार्यक्रम र त्यसप्रति देशैभरबाट भइरहेको जनताको समर्थनको लहरबाट आतिएर सरकारले ने.क.पा.लाई राजनीतक गतिविधि गर्नै नदिने प्रतिक्रियावादी सोचले प्रतिबन्ध लगाउने निर्णय गरेको उनको धारणा छ । सरकारले जनतामा छरेको भ्रम चिर्ने र बिनकारण झुठा मुद्दा लगाएर जेल र हिरासतमा राखिएका हाम्रा नेता कार्यकर्ताहरुको रिहाईको लागि सशक्त संघर्ष जारी राख्ने पनि उनले बताए ।
आउँदो ३० गते बिहीबार ने.क.पा.ले घोषणा गरेको नेपाल बन्दलाई सशक्त र सफल तुल्याउन पनि उनले सबैसँग अपिल गरे ।